दशैंमा नयाँ बजाज मोटरसाइकल, डोमिनारको मुल्य कति ?
मकवानपुर । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय बन्दै गएको छ । सबै बर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ । नेपालिहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छट पर्वको अवसर पारि मोटरसाइकल किन्नेहरुको आजभोली शोरुमहरुमा भीड देखिन्छ ।
दशैं तिहारमा नयाँ बाइक तथा बढी माइलेजका बाईक चढ्न चाहानेहरु अहिले बाइक छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै बजाज मोटरसाइकलले आफ्नो नयाँ डोमिनारको मोटरसाइकल उत्पादन गरेको छ ।
यसपालिको दसैँमा बजाज सोहरुमले बजाजको तीन डोज लागु गरेको छ । जस्तै मोटरसाइकल किननु अघि स्क्रयाचमा ७ हजारदेखि १० हजारसम्मको रमक पर्ने तथा किन्दा खेरी (भोलि पल्ट किन्न आउँदा) ३ हजारदेखि एक लाखसम्मको रुपैयाँ प्राप्त गर्ने छ भने किने पछि (लास्ट डोजमा) १० लाख रुपैयाँ तथा परिवारका कुनै एक सदस्यले नेपाल भ्रमण गर्न मोका पाउँने कम्पनीका सेल्स प्रतिनिधि सुरज दुलालले बताए ।
उनका अनुसार नगद छुट, हातखाली नहुने स्क्र्याच कुपन, टुर, नगद योजना सार्वजनिक गरेकामा विक्रि लक्ष्य अनुरुप पुगेको बताए । बजाज कम्पनीको मोटरसाइकल खरिदमा ग्राहकलाई हात खाली नहुने उनले बताएका छन् ।
हेटौंडाको बजारमा बजाजका १ लाख ८९ हजार ९ सय रुपैयाँ देखि ५ लाख ९८ हजार ९ सय रुपैयाँको मोटरसाइकल विक्री भइरहेको उनले जनाएको छ ।
बजारमा बजाजको मोटरसाइकलको मुल्य कति ?












































