मकवानपुरको बकैयामा भोलि युवा संघको युवा भेला हुँने
मकवानपुर। पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा भोलि नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, बकैया कमिटीले गाउँपालिका स्तरीय युवा भेला गर्ने भएको छ ।
बकैया गाउँपालिका वडा नम्बर ६ को गौतम बुद्ध पर्यटन पार्कमा हुँने युवा भेलाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ, बकैया कमिटीका संयोजक विजय वाईवाले जनाएको छ। उनले भोलि हुँने युवा संघको युवा भेलामा गाउँपालिका भरबाट २ हजार भन्दा बढी युवाहरुको सहभागिता रहने समेत बताएका छन्।
भेलालाई नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ,मकवानपुरका जिल्ला सचिवालय सदस्य जितेन्द्र दाहालले बताए ।
सचिवालय सदस्य दाहालका अनुसार भेलाले राष्ट्रिय युवा संघ,बकैया कमिटीको नयाँ कार्यसमिति समेत घोषणा गर्ने कार्यक्रम रहेको छ ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी, बकैया कमिटी लगाएत एमाले निकट भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहने बताईएको छ ।











































