नोबेल शान्ति पुरस्कार मारिया र दिमित्री पत्रकारलाई

लोकखबर
२०७८ आश्विन २२, शुक्रबार १६:५५

यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको छ ।

द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो शान्तिको पूर्वशर्त, अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि योगदान पु¥याएकाले उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको बताएको छ ।

फिलिपिन्समा जन्मिएकी रेसा पत्रकार तथा लेखक हुन् । उनले सीएनएनका लागि दक्षिण पूर्वी एसियाको मुख्य रिपोर्टरका रुपमा काम गरेकी थिइन् ।

त्यस्तै मुरातोभ रसियाली पत्रकार हुन् । उनी रसियाको नोभाया गजेटा नामक पत्रिकाका प्रधान सम्पादक हुन् । नोभाया गजेटा रसियली सरकारलाई निरन्तर खबरदारी गर्दै आएको छ ।

चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको पुरस्कार यसअघि नै घोषणा भइसकेको छ । अक्टोबर ४ देखि ११ सम्म चल्ने पुरस्कार घोषणा कार्यक्रममा सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिँदैछ । एजेन्सी

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको