कृष्णकुमार गुप्ताले गरे आफ्नो टिम सार्वजनिक
मकवानपुर। मकवानपुर उद्योग वाणिज्य (मउवासंघ) को आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम सार्वजनिक गरेको छ ।
बिहीबार हेटौंडामा एक कार्यक्रमका बीच अग्रवालले आफु नेतृत्व आधिकारिक टिमको घोषणा गरेका हुन् ।
उनको टिममा वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा वाणिज्य तर्फ कुल प्रसाद चौलागाई, कृष्ण प्रसाद ढुङ्गाना, अनिलभक्त श्रेष्ठ, दीपक खत्री, दामोदर पाठक, जावेद हुसेन, विकेशलाल श्रेष्ठ, महिला सदस्यमा नीलम वैद्य र निलम पाण्डे रहेका छन् ।
त्यस्तै उद्योग तर्फ सदस्यहरुमा सन्तोष अर्याल, भुपेन्द्र प्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य९भाई०, रुपकराज दाहाल, सीतादेवी भेटुवाल रहेका छन् ।
संघको एसोशियट तर्फ सदस्यहरुमा भने गणेशप्रसाद भेटुवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेती रहेका छन् । वस्तुगत तर्फ सदस्यहरुमा भने पुष्पराज पुडासैनी र प्रदीप अर्याल रहेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो कार्तिक ७,८ र ९ गते हुँदै छ ।











































