शिक्षकहरु आन्दोलनमा, भर्ना अभियान प्रभावित

वार्षिक नतिजा नै आउन सकेन
लोकखबर
२०८२ बैशाख ९, मंगलवार १९:५४

विदुर–शिक्षकहरूको आन्दोलन तथा शैक्षिक हडतालका कारण नुवाकोटमा विद्यार्थी भर्ना अभियान रोकिएको छ । यस वर्षको विद्यार्थी भर्ना अभियान शिक्षक तथा कर्मचारी काठमाडौँमा भएपछि रोकिएको हो ।
कतिपय गाउंँमा विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय पालिकाहरूले अभियान सञ्चालन गरेका छन् । तर, अधिकांश ठाउँमा भर्ना अभियान रोकिएको हो ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि शिक्षक कर्मचारी काठमाडौँमा सडक आन्दोलनमा छन् । काठमाडौँ नआएका शिक्षकहरूसमेत विद्यार्थी भर्ना अभियान जस्ता कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिइरहेका छन् ।
नेपाल शिक्षक महासंघले विद्यालय खोल्ने र विद्यार्थी भर्ना अभियानमा संलग्न हुने शिक्षक तथा विद्यालयमाथि निगरानी राखेको छ । महासंघले माग पुरा नहुँदासम्म कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताउंदै आनदोलन गरिरहेको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटका अधिकांश विद्यालयमा गत २०८१ को वार्षिक परिक्षाफलसमेत निकालेका छैनन् । परिक्षाफलसमेत प्रकाशित नगरेपछि भर्ना अभियानसमेत हुन सकेको छैनन् ।
शिक्षकहरुको आन्दोलन तीन साता भइसकेको छ । केकि विद्यालयहरूमा परिक्षाफल प्रकाशित गरिएको छ । तर, अधययन अध्यापन सुरु हुन नसकेको अभिभावकहरुको गुनासो छ ।
शिक्षकहरू आन्दोलनमा भएपछि भर्ना अभियान रोकिएको छ । सामुदायिक विद्यालयमा वार्षिक परिक्षाफल प्रकाशित नभएको, अध्ययन सुरु नभएको कारण विद्यार्थीहरु निजी अर्थात् संस्थागत विद्यालयतर्फ आकर्षित भएका छन् ।
वार्षिक परिक्षाफल प्रकाशित भएर अध्ययनअध्यापन सुरु हुन नसकेको कारण विद्यार्थी तथा अभिभावकहरु रणभुल्लमा परेका छन् । कतिपय विद्यालयहरूले सार्वजनिक सूचना नै जारी गरेर विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगित गरेको जनाएका छन् ।
यद्यपि, नुवाकोटका केही विद्यालयमा व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन गरिरहेका छन् । तर, धेरै विद्यालयहरूमा भर्ना अभियान रोकिएको छ ।
‘भर्ना अभियानको सन्चालक भनेका शिक्षक हुन् । उनीहरू आन्दानेलनमा गएकाले भर्ना अभियान सञ्चालन हुने कुरा भएन, केही विद्यालयमा अभिभावकहरू आफैँ अभियानमा लागेका छन् । तर, अधिकांशमा रोकिएको छ,’ एक जना अभिभावकले गुनासो गर्दै भने ।
शिक्षकहरुका आन्दोलनका कारण बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित भएको अभिाभावकहरु वताउंछन् । शिक्षक र सरकारवीचको विषयमा विद्यार्थीहरु प्रभावित भएको उनीहरुको गुनासो छ ।
यस सम्वन्धमा विद्यार्थी तथा अभिभावकहरू बोल्न नसक्ने भएकाले आन्दोलन वा विरोध प्रदर्शन गर्न सक्ने अवस्थामा नरहेको बताउँदै उनले आफ्ना माग अघि सार्दै गर्दा अरूको अधिकारको समेत ख्याल गर्न सुझाव दिएका छन् । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनपछि विद्यालयहरू धमाधम सूचना जारी गर्दै शैक्षिक कार्यक्रम स्थगित गरेका छन् ।
कतिपय पालिकामा विद्यार्थी भर्ना अभियान रोकिएको हो । सरकारी विद्यालयमा पढाई नभएपछि विद्यार्थीहरु धमाधम निजी विद्यालयतर्फ भर्ना भएर अध्ययन गर्ने क्रम वढेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको