वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक

‘एक अभिभावक ः एक क्यालेन्डर’ अभियान
लोकखबर
२०८२ बैशाख १६, मंगलवार २०:३१

विदुर– तारकेश्वर गाउँपालिकाले शैक्षिक सत्र–२०८२ को वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ शैक्षिक शत्र सुरु भएको शैक्षिक सत्र २०८२ को बार्षिक शैक्षिक कार्यक्रमलाई समावेश गरेर ’शिक्षा, युवा तथा खेलकुद शाखा’ले तयार गरेको क्यालेन्डरको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले विमोचन गरेका हुन् ।
तारकेश्वर गापाले विगत ३ वर्षदेखि ‘एक अभिभावक ः एक क्यालेन्डर’ अभियान अन्तर्गत प्रत्येक विद्यार्थीका घरघरमा शैक्षिक गतिबिधिसहित समग्र पालिकाको गतिबिधि समावेश भएको क्यालेन्डर उपलब्ध गराउदै आइरहेको छ । क्यालेन्डर विमोचन गर्दै अध्यक्ष अधिकारीले आधुनिक र गुणस्तरिय शिक्षा अवको आवस्यकता रहेको ठहर गर्दै समग्र शैक्षिक गतिविधिलाई पूर्वतयारीका साथ व्यवस्थित रुपमा शिक्षा योजना गापाले सन्चालन गरेको वताए ।
गापाको शैक्षिक विकासमा वार्षिक शैक्षिक क्यालेन्डरले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तीन सातादेखिको शिक्षक आन्दोलनका कारण शैक्षिक सत्रको सुरुमै विद्यार्थीको पठनपाठनमा समस्या परेको वताए ।
यसले शैक्षिक क्षति पु¥याएको दावी गर्दै उनले आगामी बर्खे विदाबाट परिपूर्ति सुनिश्चित गर्न र तत्कालै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न प्रधानाध्यापकहरुलाई अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् । शिक्षकहरुका कतिपय जायज मागप्रति आफ्नो समर्थन रहेको बताउँदै अध्यक्ष अधिकारीले आन्दोलनको स्वरुपलाई बदल्न सुझाब दिए ।
शिक्षक आन्दोलनले शिक्षा गतिविधि रोकेको उनले वताए । आन्दोलनका करण झण्डै एक महिनांसम्म पठनपाठन बन्द हुँदा विद्यार्थीको भविष्यमा असर परेको र यसप्रति गम्भीर हुन उनले शिक्षकहरुलाई आग्रह गरे ।
शिक्षकहरुले आफ्ना मागहरु राख्दै पठनपाठन पनि सगसगैँ अघि बढाउनुपर्ने अध्यक्ष अधिकारीको सुझाब छ । वार्षिक क्यालेण्डरलाई प्रत्येक विद्यार्थी र अभिभावकका हातमा यथाशीघ्र पु¥याउने व्यवस्था मिलाउन अध्यक्ष अधिकारीले शिक्षा शाखालाई निर्देशन दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको