साल्मेका सिपवहादुर सगरमाथामा
विदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको साल्मेका एक युवकले विश्वको सर्वोच्च शिखर सगरमाथको सफल आरोहण गरेका छन् । उनलाई सम्मान तथा वधाइको ओइरो आएको छ ।
किस्पाङ गाउंपालिका ४ साल्मेका २६ वर्षिय सिपबहादुर तामाङले सगरमाथाको आरोहण गरेका हुन् । केहि वर्षदेखि गाइडको रुपमा कार्यरत तामाङले पहिलो पटक सगरमाथाको आरोहण गरेको पुर्व वडाध्यक्ष एकराज घलेले जानकारी दिए ।

“सगरमाथा आरोहण जस्तो अद्भुत र चुनौतीपूर्ण यात्रामा सफलता प्राप्त गरेकोमा युवक तामाङलाई बधाई तथा शुभकामना दिदै किस्पाङ गापा कार्यालय काुहलेले सम्मान गर्ने तयारी गरेको गापा उपाध्यक्ष अर्जुन न्यौपानेले मंगलवार वताए । उनका अनुसार सगरमाथाको आरोहण गरेका तामाङंको साहस, समर्पण र अथक प्रयासलाई उच्च मुल्यांकनसहित सम्मान गरिने तयारी गरिएको छ ।
आमा छेमेन, पिता तेम्वार तामाङका छोरा सिपवहादुर तामाङ अर्जेन्जिनाको टिमसंग आवद्ध रहेका थिए । सिपवहादुरले सगरमाथाको शिखर टेकेर विश्वसामु किस्पाङ र नुवाकोटलाई चिनाएको र गाउंवासीको तर्फवाट विशेष सम्मानको तयारी गरिएको स्थानीय युवा सामाजिक अगुवा शिवप्रसाद भट्टले वताए ।












































