थप्रेकमा आधुनिक स्वास्थ्यचौकी भवन निर्माण
बिदुर–सर्वसाधारण गाउंवासीको स्वास्थ्य उपचारका लागि नुवाकोटको पुर्वी भेग थप्रेकमा आधुनिक स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनको निर्माणवाट स्थानीयवासीलाई सुविधा पुगेको छ ।
पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा निर्मित स्वास्थ्यचौकी भवनको वुधवार उद्घाटन गरिएको छ । भवनको पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले उद्घाटन गरे ।

उनले भवन निर्माणसंगै गाउंवासीले स्थानीयस्तरमै स्वास्थ्य सेवा पाएको वताए । गाउंवासीलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिन आग्रह गरे ।
दुई तल्ले नौ कोठे स्वास्थ्य चौकी भवन भुकम्प पुर्ननिर्माण प्राधिकरणमार्फत निर्माण भएको हो । कुल एककरोड २० लाखरुपैयाको लागतमा निर्मित भवन तीन वर्षमा निर्माण पुरा भएको हो ।
जनस्वास्थ्य निरीक्षकसहित पांच जनाको दरवन्दी रहेको सो स्वास्थ्यचौकी भवनवाट थप्रेक र वालकुमारीका पांंचहजार जनसंंख्याले सुविधा पाउने निमित्त प्रमुख प्रशासकिय अकिृत हेमनारायण महतोले वताए । भवन उद्घाटन कार्यक्रममा गापा उपाध्यक्ष विमला पाठककेसी, वडाध्यक्ष सञ्च तामाङ, निमित्त. प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतो, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीलगायतले गाउंमै उपचार सेवा पाउंदा सर्वसाधारण अव उपचारका लागि अन्यत्र जानु पर्ने वाध्यताको अन्त्य भएको वताए ।

निम्नस्तरका गाउंवासीलाई सो भवन निर्माणपछि निकै सुविधा पुगेको जनाइएको छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, गापाको सबै शाखाका शाखा प्रमुखहरु, गाउंपालिकाका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, गाउँबासीको सहभागिता रहेको थियो ।













































