गणतन्त्र दिवसमा रक्तदान, ¥याली तथा प्रवचन
विदुर–१८ औं गणतन्त्र दिवस नुवाकोटमा विहीवार विविध कार्यक्रम गरि मनाइएको छ । ¥याली, प्रवचन, रक्तदानलगायतका कार्यक्रम गरि विदुरलगायतका स्थानमा गणतन्त्र दिवस मनाइएको हो ।
गणतन्त्र दिवसको सम्झनामा नुवाकोटका विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला मुल समारोह समितिले विदुरमा ¥याली, प्रभातफेरी कार्यक्रम गरेको छ ।

¥याली वट्टार क्याम्पसबाट शुरु भएर विदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त स्थानमा विभिन्न क्षेत्रका वक्ताहरुले गणतन्त्रलाई विविध कोणवाट आक्रमण हुन थालेकाले यसको संरक्षण र मजवुतीमा जोड दिए ।
संविधानसभाबाट २०६५ साल जेठ १५ गते देशमा राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । प्रत्येक वर्षको यहि दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइदै आएको छ ।

दिवसका क्रममा आयोजित प्र्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, उपमेयर प्रभा वोगटी, वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, नेपाल सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा विद्यार्थी, आयोजक समितिका सदस्यहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

दिवसकै क्रममा विहीवार विदुरस्थित लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान गरिएको छ । सोही क्रममा विभिन्न क्षेत्रका २० जनाले रक्तदान गरेका थिए ।
विदुर युवा रेडक्रस सर्कलको समन्यमा गरिएको रक्तदानमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिह ठकुरी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामा, कर्मचारी, सर्वसाधारणले रक्तदान गरेका थिए । देशको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको हुंदा एकात्मक राजतन्त्रको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई नुवाकोटमा विशेष रुपमा मनाइएको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिह ठकुरीले वताए ।
धेरैको बलिदानसहित लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस नुवाकोटको विदुरमा विभिन्न कार्यक्रम गरी आज मनाइएको विदुर नपाका मेयर राजन ।ेष्ठले वताए । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

गणतन्त्र स्थापनाका लागि उक्त आन्दोलन जगका रूपमा स्थापित भयो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि संसद पुर्नस्थापना हुंदै आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो ।
पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राती संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे ।
यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । २०६३ साल जेठ ४ गतेको संसद्ले तत्कालीन राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो ।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ भने यसैको जगमा २०६४ साल चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो ।
संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपालमा २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

देशमा २०७० साल मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो ।
जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यद्यपि, गणतन्त्र मजवुत हुन नसकेको चर्चा वेला वेलामा चलने गरेको छ ।











































