गल्छी–त्रिशूली–रसुवागढी सडकलाई वजेट
त्रिदेशिय मार्ग विस्तारमा पुर्णता
विदुर–नेपाल–चीन–भारत जोड्ने छोटो दुरीको गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणमा सरकारले वजेट विननियोजन गरेको छ । वजेट परेसंगै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन् ।
वहुचर्चित र वहुप्रतिक्षित त्रिदेशिय मार्ग अन्र्तगतको वीरगन्ज–गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणका लागि सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वजेटमा सांढे दुई अर्वभन्दा वढि वजेट विनियोजन गरेको छ । अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको वज्ेटमा सो सडक योजनका लागि कुल २ अर्ब ५६ करोड रुपैया बजेट विनियोजन गरेको उल्लेख छ ।

वजेट विनियोजनसंगै सो त्रिदेशिय मार्गले पुर्णता पाउने निश्चित भएको जनाउंदै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन् । सो सडकमार्गले पुर्णता पाएपछि नुवाकोट र रसुवामात्रै नभई देशकै अर्थतन्त्र विशेष लयमा जाने अपेक्षा गरिएको वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए ।
उक्त सडकलाई सवै पक्ष मिलेर समयमै सक्ने योजनाका साथ कार्य गर्नु पर्ने उनले वताए । गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणपछि देशको आयातनिर्यात भारत र चीनतर्फ छिट्टो हुने अपेक्षा गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

केपी शर्माओली पहिलो पटक प्रधानमन्त्रि भएकै वेला अर्थात् २०७२ सालदेखि सो सडकमार्ग निर्माण सुरु गरिएको थियो । वीचमा विभिन्न कारणले समयमै पुर्णता हुन नसकेको सो गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माणले अव पुर्णता पाउने र नेपालको आयातनिर्यात वढ्ने वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेको भनाई छ ।
सरकारले आगामी आवमा गल्छी–त्रिशूली–रसुवागढी सडकस्तरोन्नति गर्न २ अर्ब ५६ करोड रुपैया बजेट विनियोजन गरेको सकारात्मक रहेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । सो सडकलाई अव पुर्णता दिएर आर्थिक क्षेत्रलाई विशेष चलायमान वनाउनु पर्ने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको भनाई छ ।

हाल निर्माणाधिन उक्त गल्छी–त्रिशूली–स्याफ्रुवेशी सडकको दुरी ८९ किलोमिटर रहेको छ भने स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको दुरी १५ दशमलव पांच किलोमिटर रहेको छ । उक्त सडकमार्गको विस्तारका लागि गल्छी–त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक योजना कार्यालयमार्फत पुर्ननिर्माण तथा विस्तार कार्य भइरहेको छ ।











































