प्रचण्ड शनिवार नुवाकोटमा

विद्यालयको हिरक जयन्ती, साततले दरवार क्षेत्रको अवलोकन तथा पत्रकारसंग अन्र्तक्रिया हुने
लोकखबर
२०८२ जेष्ठ १६, शुक्रबार १७:४७

विदुर–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउने तय भएको छ । प्रचण्डले शनिवार एक दिन नुवाकोटको विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको माओवादी केन्द्र नुवाकोटले जनाएको छ ।

पुर्व प्रधानमन्त्रि प्रचण्डले शनिवार नुवाकोटको साततले दरवार क्षेत्रको अवलोकन, चोकदेस्थित विद्यालयको हिरक जयन्ती तथा पत्रकारसंग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने अरुणले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्ड सुर्यगढी गाउंपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहको उद्घाटन गर्न आउने र सोही क्रममा पत्रकार सम्मेलन र नुवाकोट टाकुरोमा रहेको साततले दरवार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

पुर्व प्रधानमन्त्रि प्रचण्डसंग प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्रि हितवहादुर तामाङ, प्रतिनिधि सभा सदस्य तथा कानून, न्याय तथा मानवधिकार समितिका सभापति विमला सुवेदी, राष्ट्रिय सभा सदस्य श्रीकृष्णप्रसाद अधिकारी, वागमति प्रदेश सभा सदस्य तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङलगायतका अतिथीहरु कार्यक्रममा सहभागी हुने जनाइएको छ ।


सर्वाधिक रुचाइएको