गाउंमै पुगेर फोटोसहितको राष्ट्रिय परिचयपत्र
विदुर–गाउंवासीको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकाको सवै वडामा राष्ट्रिय परिचय पत्र शिविर गरिएको छ । सोही क्रममा सामाजिक सुरक्षा भत्ता वापतको रकमसमेत दिइएको छ ।
कोही नछुटुन, कोही नरोकिउन भन्ने मुल नाराका साथ तारकेश्वर गापाको सवै ६ वटै वडामा राष्ट्रिय परिचय पत्र अभियान सम्पन्न भएको छ । उक्त शिविर एक सातासम्म गरिएकको थियो ।

अभियानअन्र्तगत तारकेश्वर १ मा ८०, २ मा ७२, ३ मा ७६, ४ मा ६५, ५ मा ७० र ६ मा ६८ गरि कुल सातसय ३१ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको हो । यसअघि, शिविरमा यसअघिका शिविरहरूमा फाराम भर्न छुटेका तथा परिचय पत्र बनाउन बाँकी रहेका सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउनको लागी सहभागिता जनाउन अह्वान गरिएको थियो ।
शिविर सञ्चालनको लागी गाँउपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई प्राविधिक सहयोग माग गरेर सेवा दिइएको गापा अध्यक्ष शिव अधिकारी अविरलले वताए । उनका अनुसार शिरिवमा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका विशेष गरेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई विशेष सहभागि हुन अपिल गरिएको थियो ।

अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्तालगायत अन्य सरकारी तथा बैंकिङ सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको शिविरमा राष्ट्रिय परिचय पत्रको फोटोसहितको विवरण संकलन गरिएको वताए । अधिकारीाले पालिका भित्रका विशेष गरेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई लक्ष्यित गर्दै शिविर सञ्चालन गरिएको वताए ।
सोही क्रममा विभिन्न प्रकृतिका दुई हजार पांचसय ४२ जनालाई सामाजिक सुरक्षा भत्ता वापतको रकमसमेत प्रदान गरिएको छ । चालु आार्थिक वर्षको तेश्रो त्रैमासिकको रकम प्रदान गरिएको हो ।

जसअन्र्तगत एकहजार ६ सय ८२ जना ज्येष्ठ नागरिक, ८८ जना ज्येष्ठ नागरिक दलित, एकसय ३१ जना ज्येष्ठ नागरिक एकल महिला, तीनसय १६ जना विधवा, ६२ जना पुर्ण अशक्त अपांगता भएका, एकसय ३१ ज्ना अति अशक्त भएका अपांगता र एकसय ४२ जना दलित वालवालिकालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम हस्तान्तरण गरिएको छ । ति लक्ष्यित वर्गलाई कुल दुई करोड ६० लाख ४१ हजार चारसय दुई रुपैया प्रदान गरिएको तारकेश्वर गापाको पन्जिकरण शाखाले जनाएको छ ।











































