विद्यार्थीलाई साइवर अपराध नियन्त्रण सचेतना

सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जानकारी
लोकखबर
२०८२ जेष्ठ १७, शनिबार १९:११

विदुर–नुवाकोटको तादी गाउँपालिकाको सातविसेमा साइबर अपराध सचेतना कार्यक्रम सन्चालन गरिएको छ । विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।
“सावधानी अपनाऔं, साइबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराधसम्बन्धी विद्यालय सचेतना कार्यक्रम सातविसेस्थित सुन्दरा माविमा सम्पन्न भएको हो । विद्यार्थीहरुलाई साइवर अपराध सम्वन्धि सचेतना प्रदान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कपिलेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापा, प्रशिक्षक तादी गापाका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले, रोजगार सहायक प्रभुकिरण ओझालगायतले साइबर अपराध सम्बन्धि सचेतना प्रदान गरेका थिए । सचेतना कार्यक्रममा साइबर अपराध, यसबाट कसरी जोगिने, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे कक्षा १० का विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।


सर्वाधिक रुचाइएको