दुप्चेश्वरमा तीर्थालु र भेटी वढ्दै

एकैदिन डेढ लाख वढि भेटी संकलन
लोकखबर
२०८२ जेष्ठ १८, आईतवार १९:०७

विदुर–भक्तजनहरुको आगमनमा वढोत्तरीसंगै नुवाकोटको रामतीस्थित प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर आम सर्वसाधारणको मुख्य तीर्थस्थल वन्दै गइरहेको छ । यातायातको सहजतासंगै दुप्चेश्वरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ ।
शुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासंगै भक्तजनहरु जाने÷आउने क्रम वढिरहेको छ । दैनिक रुपमा भेटी संकलनसमेत वढिरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन झण्डै पौने दुई लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा शनिबार एक लाख ५६ हजार आठसय ३५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको ६० हजार आठसय रुपैया संकलन भएको छ ।
मन्दिरमा राखिएको क्युआर कोडमार्फत एक हजार दुई सय २५ रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।

श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको सहभागिता वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
दुप्चेश्वर मन्दिर हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र रहेको छ । ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा विशेष गरि शनिवार, सोमवार, विहीवार तथा धान्यपुर्णिमा र शिवरात्रीको अवसरमा विशेष मेला लाग्ने गरेको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले वताए ।


उनका अनुसार अनुसार दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सितल र चिसो वातावरण रहेकाले पनि गर्मी याममा सो मन्दिरमा भक्तजनहरु आगमन वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए ।


सर्वाधिक रुचाइएको