मन्दिरसहितको भौतिक संरचना निर्माणका लागि महायज्ञ

गुरुयोजना निर्माणको तयारी
लोकखबर
२०८२ जेष्ठ १८, आईतवार १९:१७

विदुर–नुवाकोटको प्रसिद्ध वगुवास्थित पन्चकन्यामा मन्दिरसहितको भौतिक संरचना निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सन्चालन गरिएको छ । विदुर नगरपालिका ८ वगुवामा रहेको पन्चकन्यामा मन्दिर तथा भौतिक संरचना, अष्टमात्रिका मुर्ति स्थापना र नियमित पुजारी व्यवस्थापनका लागि सप्ताह ज्ञानमहायज्ञ सन्चालन गरिएको छ ।
महायज्ञको कार्यक्रमकावीच पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गरे । उनले नेपाल विविध धार्मिक, संस्कृति, परम्परा, रितिरिवाज, आकर्षक विशेषता रहेको देश कएका कारण विश्वसामु छुट्टै पहिचान रहेको वताए । आआफ्ना संस्कृति र परम्पराको संरक्षण आवस्यक रहेको उनले वताए ।

पञ्चकन्या सेवा समितिद्वारा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ कथा प्रवचन २०८२ धार्मिक सत्संग तथा प्रवचन कार्यक्रम यहि जेठ २५ गतेसम्म सन्चालन गरिने आयोजक समितिका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए । उनले महायज्ञमा संकलित रकम सोही मन्दिरको भौतिक वयवस्थापनमा खर्च गरिने र गुरुयोजना तयार गरिने निर्णय भएको वताए ।

यसअघि, राम मन्दिरस्थित त्रिशूली नदीबाट कलश शोभायात्रा र विभिन्न बाजागाजासहित झाँकी तथा ¥यालीले त्रिशूली बजार, कोलोनी, हात्तीगौंडा, बगुवाहुँदै मन्दिर परिक्रमा गराई जल तथा फूलपाति यज्ञ मण्डपमा स्थापना गरेको थियो । पन्चकन्या मन्दिरमा अष्टमातृका मूर्ति स्थापना, विविध भौतिक पूर्वाधार विकास निर्माण तथा नियमित पुजारी व्यवस्थापनार्थ कथा शिरोमणी पण्डित दीपकप्रसाद पौडेलद्वारा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कथा प्रवचनमा विभिन्न देवलिला जनचेतनामूलक नाटक प्रस्तुतिसहित संगीतमय कथा प्रवचन भइरहेको छ ।

प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रुद्राभिषेक (रुद्री पाठ), सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमि दान, ब्राहमण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्यूचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन भइरहेको आयोजकले जनाएको छ । यसका साथै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म, सौभा ७ बजेदेखि १० बजेसम्म, यहि जेठ २४ गते शनिवार भागवत् पुस्तकमा तिलार्पण, लक्ष्यवर्ती प्रज्वलन, रात्री जाग्राम कार्यक्रमसहित जेठ २५ गते आईतवार यज्ञ समापन तथा् पूर्णाहुति कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।


सर्वाधिक रुचाइएको