अहिलेको राजनीति निराशामाः पुर्व प्रधानन्यायाधिष श्रेष्ठ

नेता चुनिए, नेतृत्व सधै अभाव
देवचन्द्र भट्ट
२०८२ जेष्ठ २६, सोमबार २१:१०

विदुर–सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधिष कल्याण श्रेष्ठले अहिले देशको राजनीति निराशामा रहेको खुलासा गरेका छन् । उनले अव सवैले निराशालाई अन्त्य गर्नु पर्ने समय आइसकेको वताए ।
नुुवाकोटको वट्टारवजारमा सोमवार आयोजित कार्यक्रममा पुर्व प्रधानन्यायाधिष श्रेष्ठले अहिलेको राजनीति निराशावादी भएका कारण जनशक्ति पलायन भइरहेको वताए । विश्वको उच्चतम विद्यि राजनीतिलाई मानिए पनि नेपालको राजनीति भने जनतालाई निराशा मात्रै दिएको आरोप लगाए ।
उनले मुलुकमा सरसर्ति विश्लेषण गर्दा २००७ सालमा जुन अवस्था देशमा थियो त्यहि अवस्थामै देश रोकिएको उनले वताए । श्रेष्ठले पहिले जस्तै अहिले पनि अर्थतन्त्र उहि र उस्तै अवस्थामा रहेको, देशमा उत्पादकत्व नवढेको, जनशक्ति विदेशिएको, आयात अवस्था वढेको, ऋणभार थपिएको, अनुत्पादनशील क्षेत्र वढेको र केहि रेमिट्यान्सको भरमा मात्र देश थामिएको वताए ।
देशमा वयवस्था फेरिएपनि अवस्था उस्तै रहदा नेपाली जनतामा निराशा छाएको श्रेष्ठको आरोप छ । विदेशिएका जनशक्तिले पठाएको रेमिट्यान्ससमेत अनुत्पादक क्षेत्रमा खर्च भइरहेको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले देशमा चुनाव त हुन्छ, नेताले चुना जित्छन । तर, देशले खोजेको नेतृत्व अहिलेसम्म पाउन नसकेको गुनासो गरे ।
नेपालको सवै दलमा नेताहरु त अवस्य छन् । तर, देशले खोजे जस्तो नेता पाउन नसकेको वताए । उनले अहिले सक्षम नेतृत्वको अभावमा देशमा जनशक्तिहरु वसि नसक्नु र विदेशमा टेकि नसक्नुको अवस्थामा पुगेको वताए ।
एकपटक सवैले देशको परिस्थिति विचार गरेर सवल र सक्षम देश वनाउन, जनतालाई सम्वृद्धिको मार्गमा लैजान युवा जनशक्तिलाई देशमै रहन दिने वातावरण वनाउन अग्रसर हुनु पर्ने वताए । अहिले विद्यालय र शिक्षक छ विद्यार्थी छैन, वाटो छ हिड्ने मानिस छैन, गाउं छ युवा छैनन्, देश छ जनशक्ति छैन भन्ने अवस्था रहेकोमा यसको मुल्यांकन गरेर सवैले उत्पादनशील र परिणाममुखि क्षेत्रमा कार्य गर्नु पर्ने वेला आएको पुर्व प्रधानन्यायाधिष कल्याण श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको