वृद्धवृद्धालाई कपडा प्रदान
विदुर–नुवाकोटको गेर्खुका एक वालकको जन्म दिनको उपलक्ष्यमा वृद्धवृद्धाहरुलाई कपडा वितरण गरिएको छ । वृद्धाश्रममा आश्रितहरुलाई भोजनसमेत गराइएको छ ।

विदुर नगरपालिका ११ गेर्खुका वालक कुशल तिम्सिनाको जन्मदिनको उपलक्ष्यमा मंगलवार टो्खा नपा ९ स्थित हिमालय वृद्धाश्रममा रहेका ६१ जना वृद्धवृद्धाहरुलाई एक/एक सेट कपडा वितरण गरिनुका साथै खानासमेत खुवाइएको वालकका हजुरवुवा डिल्लीप्रसाद तिम्सिनाले वताए ।

जन्मदिन मनाउने चलन खर्चिलो भइरहेको समयमा आफ्नो नातीको पांचौं जन्मदिनको उपलक्ष्यमा सवै जना उक्त वृद्धाश्रममा पुगेर सामाजिक सेवा गरिएको नेकपा एमाले बिदुर ११ का अध्यक्षसमेत रहेका डिल्लीप्रसाद तिम्सिनाले वताए ।

यसवाट सामाजिक सेवाको भावना वढेको उनको भनाई छ । वृद्धाश्रममा रहेका वुवाआमाहरुलाई सेवा गर्न पाउंदा निकै खुसी लागेको र सहयोगलाई निरन्तरता दिइने तिम्सिनाले वताए ।














































