ग्रामीण महिलाहरुको आङ्ग खसेको उपचार

–निःशुल्क परिक्षण तथा शल्यक्रिया
देवचन्द्र भट्ट
२०८२ जेष्ठ २७, मंगलवार २२:१९

विदुर–सर्वसाधारण महिलाहरुको सुविधाका लागि नुवाकोटको त्रिशूलीमा आङ खसेको रोगको उपचार गरिएको छ । शल्यक्रियासहितको उपचारवाट ग्रामीण महिलाहरुलाई सुविधा पुगेको छ ।

वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र त्रिशूली अस्पताल नुवाकोटको संयुक्त आयोजनामा त्रिशूली अस्पतालमा तीन दिने शिविर गरिएको हो । चालु चालु आर्थिक वर्ष २०८१/०८२ मा आङ खस्ने समस्याको पहिचान तथा उपचार कार्यक्रम अन्तर्गत पहलिो पटक उक्त शिविर गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

उक्त शिविरमा भक्तपुर अस्पतालका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सुरेन्द्र भट्टसहित चार चिकित्सकसहितको आठ जनाको स्वास्थ्य टोलीले महिलाहरुको आङ खसेको रोगको उपचार गरेको थियो । शिविरमा २७ जना महिलाको आङ खसेको रोगको स्क्रिनिङ र १९ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ ।

उनका अनुसार उक्त शिविरवाट ग्रामीण भेगका महिलाहरुले लाभ लिएका थिए । त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुंदै आइरहेको छ ।

 

 


सर्वाधिक रुचाइएको