पासाङल्हामु मार्गमा थप वजेट
विदुर–राजधानीवाट नुवाकोट प्रवेश गर्ने सवैभन्दा पहिलो र पुरानो पासाङल्हामु मार्गको पुर्ननिर्माणका लागि सरकारले वजेट छुट्टयाएको छ । यसवाट नुवाकोटवासी खुसी भएका छन् ।
मर्मत र पुर्ननिर्माणको अभावमा झण्डै एक दशकदेखि उक्त सडकमार्गको बालाजु–रानीपौवा–वेलकोट–पिपलटार सडकखण्ड जीर्ण भएको थियो । निर्माण व्यवसायीले काम नगर्नु र आवस्यक वजेट नहुंदा उक्त सडक निकै क्षतिविक्षत अवस्थामा रहेको थियो ।
उक्त सडकमार्गको बालाजु–रानीपौवा–वेलकोट–पिपलटार सडकखण्डका लागि आगामी आर्थिक वर्षको वजेटमा रकम विनियोजन भएको छ । उक्त सडकका लागि १९ करोड रुपैया वजेट छुट्टयाइएको भौतिक पूर्वाधार मन्त्रालयको भनाई छ ।

सरकारले नुवाकोटको सबैभन्दा पूरानो र पर्यटकिय सडकमार्ग पासाडल्हामु सडकमार्गका लागि आगामी वर्षका लागि १९ करोड बजेट विनियोजन गरेको छ, यो नुवाकोटवासीका लागि महत्वपुर्ण उपलव्धि हो–प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले भने । त्यत्ति मात्रै वजेटले त्यत्रो वाटो एकैपटक पुर्ननिर्माण हुन सक्दैन, थप वजेटको आवस्यक पर्ने केसीको भनाई छ ।
उक्त सडकमार्गको बालाजु–बेतिनी–पिपलटार–बेत्रावती सडक खण्डका लागि भौतिक पूर्वाधार मन्त्रालयको सडक पुर्वाधार अन्र्तगत उक्त बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार मन्त्रालयको योजना महाशाखाले जनाएको छ । उक्त सडकमार्गको लागि वजेटका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले अर्थमन्त्रि, भौतिक पुर्वाधारमन्त्रिलगायत सरोकारवाला कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले व्यवस्थापिका संसदमा वोल्दै उक्त सडकको पुर्ननिर्माणका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन नभएको खण्डमा बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नेवाहेक आफ्नो अन्य विकल्प नभएको चेतावनी दिएका थिए । केसीले पनि अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उक्त योजनामा वजेट आवस्यक रहेको माग गरेका थिए ।

सांसद केसीले उक्त सडकका लागि भने बजेट विनियोजन भएको वताए । उनले सकारात्मक भएको जनाउंदै अव प्रक्रिया पुरा गरेर आगामी आवदेखि काम सुरु हुने प्रतिक्रिया दिए ।
उक्त वजेटका लागि सरकारको आन्तरिक श्रोतवाट व्यवस्था भएको १९ करोड रुपैया आगामी आवका लागि विनियोजन भएकोमा सो सडक रानीपौवादेखि पिपलटारसम्मको लागि सम्पन्न हुनका लागि तीन अर्व रुपैया आवस्यक पर्ने प्राविधिकहरु वताउंछन् । यो वजेट सुरुवाती भएको हो, सरकारले आन्तरिक श्रोतवाट क्रमागत रुपमा काम अगाडि वढाउंदै जानु पर्ने वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेको भनाई छ ।
पासाङल्हामु सडकमार्ग नुवाकोट हुदै रसुवासम्म जाने महत्वपुर्ण सडकमार्ग हो । पुरानो र पहिलो सडकमार्ग भएपनि यसमा आवस्यक वजेट विनियोजन नहुंदा वर्षौसम्म पनि जीर्ण र नाजुक अवस्थामा रहेकोमा अव भने आवस्यक वजेट विनियोजन गरेर पुर्ननिर्माणको कार्यमा ढिलाई गरिन नहुने वागमति प्रदेशका पुर्व कृषिमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीको भनाई छ ।

ट्राउट हाइवेको रुपमासमेत परिचित उक्त सडकमार्ग चर्चित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले गत २०६८ सालमा ठेक्का लिएपनि उनले काम गर्न नसकेपछि त्यसवेला ठेक्का प्रक्रिया नै रद्द भएको थियो । त्यसवेला देखि नै उक्त सडकको निर्माण प्रक्रिया अलपत्र परेको थियो ।
उक्त सडकमार्गकै वीचमा रहेको बालाजुदेखि रानीपौवासम्म भने हाल काम भइरहेको छ । १४ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न ८३ करोड ३१ लाखमा ठेक्का दिइएको थियो ।
सम्झौताअनुसार दुई वर्षभित्र काम सक्नुपर्ने छ । लक्ष्यअनुसार तिव्र गतिमा काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ । रानीपौवादेखि पिपलटार सम्म सडकको अवस्था भने निकै जीर्ण नाजुक रहेको छ ।
उक्त सडकखण्डमा वर्खामा हिलो र हिउंदमा धुलो खाएर सर्वसाधारण वस्नु परेको स्थानीयवासी मानसिंह तामाङले गुनासो गरे । उनले अव भने लगातार र तिव्र गतिमा काम हुनुपर्ने वताए ।
पिपलटारबाट गल्छी–रसुवागढी सडक जोडिएकोले सो क्षेत्रमा भने चार लेनको सडक बनिसकेको छ । हाल रानीपौवा–वेलकोट–पिपलटार सडकका लागि मन्त्रालयले १९ करोड बजेट हाले पनि यो अपुग हुने भएको छ ।
यसलाई बहुवर्षीय रुपमा काम अघि बढाउनु पर्ने माग उठेको छ । अर्को वर्षमा पनि थप बजेटको व्यवस्था गर्न सकिने भएकाले ठुला सडहकहरु निर्माणमा समस्या नहुने मन्त्रालयले जनाएको छ ।











































