क्रिकेटका खेलाडिहरुलाई खेल सामग्री

खेल तालिका सार्वजनिक, उद्घाटन खेल विदुर ६ विरुद्ध विदुर १०
लोकखबर
२०८२ जेष्ठ २९, बिहीबार ००:४४

विदुर-क्रिकेट खेलाडिहरुलाई उत्साह जगाउंदै प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडिहरुलाई क्रिकेटका विभिन्न खेल सामग्रीहरु वितरण गरेको छ । विदुर नगरपालिका–४ र ७ ले यहि जेठ २९ गते विहीवारदेखि आयोजित प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका वडावाट सहभागी खेलाडीहरुलाई क्रिकेटका विभिन्न खेल सामाग्री हस्तान्तरण गरेको हो ।

यसवाट खेलाडिरुमा उत्साह पैदा भएको छ । विदुर ४ वट्टार संगमचोक वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष नीलमवावु ढुंगेल र वडा सचिव दीपक मुडवरीले आफ्नो वडावाट सहभागी खेलाडिहरुलाई विभिन्न खेल सामग्रीहरु हस्तान्तरण गरे ।
प्रदान गरिएका खेल सामाग्रीमा जर्सी, ट्रयाक, वल ब्याट र प्याडलगायत रहेका छन् । वडासचिव दिपक मुडवरीले खेलाडिहरुलाई क्याप उपलब्ध गराएका छन् ।
खेल सामाग्री वितरण गर्दै वडाध्यक्ष ढुङ्गेलले वडाको खेलाडि टिमले राम्रो खेल प्रदर्शन गर्दै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा विदुर नपासँग समन्वय गरेर क्रिकेट खेलका नयाँ प्रतियोगिता गराउन पहल गर्ने बताए ।

उता, विदुर ७ ले पनि आफ्नो वडावाट सहभागी टिमलाई क्रिकेटका खेल सामग्रीहरु प्रदान गरेको छ । खेलाडिहरुको खेल कौशल प्रदर्शन र अभ्यासका लागि सामग्रीहरु प्रदान गरिएको वडाध्यक्ष रविन्द्र नेपालको भनाई छ ।
उद्घाटन खेल विदुर ६ विरुद्ध विदुर १०
विदुर नपा ५ पिपलटार लामिवगैचास्थित खेल मैदानमा आयोजित प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विहीवारको उद्घाटन खेल विदुर ६ विरुद्ध विदुर १० ले सामना गर्नेछ । विदुर –४ ले पहिलो खेल वडा नम्बर ५ सँग प्रतिष्पर्धा गर्नेछ ।

विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेल आगामी असार ७ गते हुनेछ । प्रतियोगितामा विदुर नपाका विभिन्न ११ वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ । विभिन्न विद्यामासमेत छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विदुर मेयर कप क्रिकेटको सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने छ । प्रतियोगितामा सहभागि भएका टिमहरुलाई ४ समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ए मा विदुर ६, विदुर १० र विदुर १२ रहेको छ । यस्तै समूह बि मा विदुर १, विदुर ७ र विदुर ८ रहेको छ । समूह सि मा विदुर ४, विदुर ५ र विदुर ९ रहेका छन् ।
त्यस्तै समूह डि मा विदुर २ र विदुर ३ रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा विदुर ६ र विदुर  १० बीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल दिउँसो २ बजे पिपलटार खेल मैदानमा हुने तालिका सार्वजनिक भएको छ । अन्य प्रत्येक दिन भने दुई खेल हुनेछन ।
पहिलो खेल बिहान ७ बजे र दोस्रो खेल दिउंसो २ बजे हुने आयोजक विदुर नगरपालिकाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरिने र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत ५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताको सहकार्य गरेको नुवाकोट क्रिकेट संघले जनाएको छ ।


सर्वाधिक रुचाइएको