गृहिणी महिला आत्मनिर्भर कार्यक्रम
विदुर–नुवाकोटको नलगाउंका गृहिणी महिलाहरुलाई आत्मनिर्भर कार्यक्रम प्रदान गरिएको छ । सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले खेर गइरहेको मकैको खोष्टावाट विविध सामग्री निर्माण तालिम प्रदान गरिएको हो ।

बेलकोटगढी नगरपालिकाले गृहिणी महिला लक्ष्यित कार्यक्रम अन्र्तगत मकैको खोस्टाबाट हस्तकलाका सामग्रीहरु (टोपी र ब्याग) उत्पादन सम्बन्धि एक महिने तालिम प्रदान गरेको हो । उक्त तालिमको वेलकोटगढी ९ नलगाउमा समापन गर्दै वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले सहभागी गृहिणी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरे ।

उनले खेर गइरहेको मकैको खोष्टको सदुपयोग गरि यसले स्वरोजगार हुन अभिप्रेरित गरेको वताए । दाहालले बजार मार्केटिङ सुनिश्चित सहित प्रदान गरिएको यस कार्यक्रममा सहभागी महिलाहरुलाई सिपको सदुपयोग गर्न आग्रह गरे ।

वडाध्यक्ष दुर्गाप्रसाद गजुरेल, महिला अगुवा पवित्रा पुडासैनीलगायतले महिलाहरुले खेर गएको वस्तु खोष्टाको सदुपयोग गर्ने र यसले वजारको सम्भावनासमेत उजागर गरेको वताए ।












































