लोकतान्त्रिक चौतारोमा रक्तदान
–२६ जनाले दिए रगत
विदुर– नुवाकोटमा विरामीहरुका लागि रगत अभाव हुन नदिनका लागि रक्तदान गरिएको छ । विदुरस्थित लोकतान्त्रिक चौतारोमा शुक्रवार वृहत रक्तदान गरिएको हो ।

विदुर सिटि युथ क्लवको आठौं स्थापना दिवसका अवसरमा क्लवसहित जिल्ला जनस्वास्थ्य कार्यालय, विदुर युवा रेडक्रस सर्कलको आयोजना तथा रेडक्रस नुवाकोट र रक्तसन्चार केन्द्र कोलोनीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न समुदायका २६ जनाले रक्तदान गरेका छन् ।

उक्त अवसरमा सर्वसाधारणको रक्तचापसमेत परिक्षण गरिएको थियो । रक्तदाताहरुलाई उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रेडक्रसका सभापति हरि श्रेष्ठलगायतले प्रमाण पत्र प्रदान गरे ।













































