रास्वपाले ग¥यो भेला
–शिवपुरीमा संगठन विस्तार
विदुर-प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले विभिन्न स्थानीय तह तथा वडास्तरमा संगठन विस्तार गरिरहेको छ । कपितपय स्थानीय तथा वडास्तरमा तदर्थ समिति गठन भइरहेको छ ।
सो दलको शिवपुरी गाउँपालिका ३ को तदर्थ समिति गठन भएको छ । दिलीप ओझा सभापति रहेको १० सदस्यीय तदर्थ समिति गठन भएको हो ।

जसअन्र्तगत उपसभापतिमा वैकुण्ठ भण्डारी, सचिवमा राजीव ओझा रहेका छन् । सदस्यहरुमा सानुबाबु थापा, सुबास भण्डारी, कृष्णबहादुर भण्डारी, प्रमोद ओझा, गम्भीरबहादुर भण्डारी, संगीता थापा र शम्भु थापा चुनिएका छन् ।











































