पुर्व गापा उपाध्यक्ष भइन् जिखेविस सदस्य
विदुर–जिल्ला खेलकुद विकास समिति नुवाकोटको सदस्यमा पन्चकन्या गाउंपालिकाले पुर्व उपाध्यक्ष नियुक्त भएकी छन् । समितिको रिक्त सदस्य पदमा वागमति प्रदेश खेलकद परिषदले चार वर्षे कार्यकालका लागि पन्चकन्या गापाकी पुर्व उपाध्यक्ष सीता पराजुलीखड्कालाई नियुक्त गरेको हो ।

उनलाई सोमवार गृह पञ्चकन्या गाउँपालिकाले स्वागत तथा सम्मान गरेको छ । गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुले स्वागत तथा सम्मान गरेका हुन् ।

गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले पञ्चकन्या गापाकी पुर्व उपाध्यक्ष सीता पराजुलीखड्का प्रदेश सरकार खेलकुद विकास समिति अन्तर्गतको जिल्ला खेलकुद विकास समिति नुवाकोटको सदस्य पदमा नियुक्ति हुनुभएकोमा वधाई दिदै उनको कार्यकालमा खेलकुदले विकास गर्ने आशा व्यक्त गरे । गापा उपाध्यक्ष विमला पाठककेसीले खेलकुदको परिवर्तन र विकासमा सक्रियता हुने अपेक्षा गरिन् ।

खड्कासंगै जिल्ला खेलकुद विकास समिति नुवाकोटको सदस्यमा विदुर नपा ५ पिपलटारका कविन्द्र कारन्जितसमेत नियुक्त भएका छन् । दुवै जनाले कार्यभार ग्रहण गरिसेकेका छन् ।











































