विदुरका मेयरलाई माओवादीको ज्ञापन
विदुर–प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्र विदुर नगर कमिटिले नुवाकोटको विदुर नगरपालिकाका मेयरलाई ज्ञापन पत्र वुझाएको छ । माओवादीले विभिन्न विषयमा ध्यानाकर्षण गराउंदै ६० वुंदे लिखित मागसहितको ध्यानाकर्षण वुझाएको हो ।

झण्डै चार दशक पुरानो विदुर नगरलाई सम्वृद्ध नगर बनाउन र नगरका जनताहरुको आवश्यकतालाई मध्यनजर गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने प्रकारको समाजवाद उन्मुख नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न अनुरोध गर्दै विविध विषयवस्तुहरू समेटेर आवश्यक सुझाव सहितको ६० वुंदे ज्ञापनपत्र मेयर राजन श्रेष्ठलाई हस्तान्तरण गरेको हो । माओवादी विदुर नगर कमिटिका अध्यक्ष भोजराज पनेरुसहितको टोलीले नपा कार्यालयमै पुगेर ज्ञापनत्र पत्र वुझाएको हो ।

वुझाइएको ज्ञापनपत्रमा कृषितर्फ नौ, शिक्षातर्फ पांच, स्वास्थ्यतर्फ ६, भौतिक पुर्वाधारतर्फ आठ, खानेपानी तथा सिंचाइतर्फ पांच, उद्योगतर्फ ६, पर्यटनतर्फ तीन, सहकारी क्षेत्रतर्फ ६, विद्युतीकरणतर्फ चार तथा सुशासनतर्फ आठसहित ६० वुंदे मागसहितको ज्ञापनपत्र पेश गरेको हो । सोही ज्ञापनत्र पत्र टोलीले उपमेयर प्रभा वोगटीलाई समेत हस्तान्तरण गरेको छ ।

राजनीतिक दलको हैसियतले माओवादी विदुरले बुझाएको ज्ञानपनपत्रलाई मेयर राजन श्रेष्ठले आफुले यसलाई सकारात्मक रुपमा लिएको र प्राप्त सुझावहरुलाई आगामी आव २०८२/०८३ वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेस गरि अघि बढ्ने प्रतिवद्धता जनाए । उनले ज्ञापनत्र पत्र विदुरको विकासमा केन्द्रीत रहेकोसमेत वताए ।
उता, माओवादी केन्द्र तारकेश्वर गाउँ कमिटिले तारकेश्वर गापामा ज्ञापन पत्र वुझाएको छ । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरललाई आठ वुंदे मागसहितको ज्ञापन पत्र वुझाइको माओवादी तारकेश्वरले जनाएको छ ।

माओवादी कावा अध्यक्ष वमवहादुर तामाङलगायतको टोलीले गापा अध्यक्ष अधिकारीलाई ज्ञापन पत्र बुझएको हो । गापा अध्यक्ष अधिकारीले यो आगामी बजेट बनाउन सल्लाह र सुझावसहित महत्वपूर्ण रहेको वताए ।
यसलाई विशेष र गम्भीरताका साथ आफुले बजेट बनाउने उनले वताए । माओवादीले गाउं इन्चार्ज, सहइन्चार्ज र पार्टी पदाधिकारीहरु र पार्टी वडा अध्यक्ष सहितको सहभागितामा ज्ञापन पत्र वुझाएको हो ।

उक्त कार्यक्रममा गापा उपाध्यक्ष हरिप्रसाद रिमालकोसमेत सहभागिता रहेको थियो ।











































