एकसय जना विद्यार्थीलाई पोशाक
–विद्यार्थीहरु भए खुसी
विदुर–नुवाकोटको वेलकोटगढीमा रहेको एक विद्यालयमा अध्ययनरत विदार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । पोशाक पाएपछि विद्यार्थीहरु निकै खुसी भएका छन् ।

बेलकोटगढी नगरपालिका १० स्थित निरञ्जना माविमा अध्ययनरत एकसय जना विदार्थीहरुलाई एकैपटक पोशाक हस्तान्तरण गरिएको छ । बेलकोटगढी नपा १० का युवा दीपेन्द्र ओलीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराएका हुन् ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरिएको छ । पोशाक पाएपछि विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएको विद्यालयले जनाएको छ ।












































