एकिकृत सेवावाट सर्वसाधारणले लिए लाभ

–गाउंस्तरमै विभिन्न कार्य
देवचन्द्र भट्ट
२०८२ असार ६, शुक्रबार २१:५६

विदुर-नुवाकोटको विदुर नगरपालिकाले एकै पटक दुई स्थानमा एकिकृत घुम्ती सेवा सन्चालन गरि सर्वसाधारणलाई सेवा दिएको छ । दुई स्थानमा गरिएको सेवावाट सयौं नगरवासीले लाभ लिएका छन् ।

विदुर नपाले नगरवासीको सेवाका लागि वर्खाको समयमा विदुर–३ स्थित मैरीटार र विदुर १३ स्थित कागुनेमा एकिकृत घुम्ती सेवा उपलव्ध गराएको हो । सो सेवावाट किसानहरु अधिक रुपमा लाभान्वित भएका छन् ।
’एकीकृत घुम्ती शिविर’ को उद्घाटन गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले वर्खाको समयमा काम विशेषले सेवा लिन विदुर तथा वडा कार्यालय पुग्न नपाएकाहरुलाई लक्ष्यित गरेर सेवा सन्चालन गरिएको वताए । उनले नपाका विभिन्न शाखाका कर्मचारीहरुले उक्त स्थानमा पुगेर स्थानीयबासीलाई विभिन्न सेवा दिएको वताए ।

उक्त अवसरमा किसानहरुसंग जनप्रतिनिधिले अन्र्तक्रियासमेत गरेका छन् । उपमेयर प्रभा वोगटीले यस सेवावाट आम किसानले वढि लाभ लिएको वताइन् ।
कार्यक्रममा सर्वसाधारण किसानहरुवाट सुझाब संकलन, सुझाव तथा प्रतिक्रिया समेत लिइएको प्रमुख प्रशासकिय अधिकृत शुभाकर खनालले वताए । किसानलाई अर्गानिक तथा स्वस्थ्यवर्धक कृषि सामग्री उत्पादन गर्न प्रेरित गरिएको छ ।

’एकीकृत घुम्ती शिविर’ मा कृषितर्फ तीनसय ४५, पशुतर्फ दुई सय ७७ र स्वास्थ्यतर्फ तीनसय ४६ जनाले सेवा लिएका छन् । स्वास्थय सेवातर्फ सर्वसाधारणको स्वास्थय परिक्षण, परिवार नियोजन सेवा परामर्श, नसर्ने रोगको पहिचान र परामर्श, निःशुल्क औषधि वितरण, पशुतर्फ रेविज रोग विरुद्ध परामर्श, पहिचान, उपचार, गोवर परिक्षण, वोकाको वन्ध्याकरणका साथै आवस्यक औषधि निःशुल्क वितरण, कृषितर्फ वाली परिक्षण, फौजी किरा नियन्त्रण, गोलभेडा तथा तरकारी खेति सम्वन्धि परामर्श सेवा प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, अन्य जनप्रतिनिधि, सेवा प्रवाहको लागी स्वास्थ्य, कृषि र पशु विकास शाखाको प्राविधिक कर्मचारीहरु खटिएका थिए । ’एकीकृत घुम्ती शिविर’मा सर्वसाधारणलाई कृषि सेवा, स्वास्थ्य सेवा र पशु सेवाबाट नौसय ६८ जना नगरबासी लाभान्वित भएका छन् ।


सर्वाधिक रुचाइएको