विद्यार्थीलाई छात्रवृत्ति, महिलालाई वाख्रा वितरण
विदुर–नुवाकोटको किस्पाङमा विपन्न तथा जहेन्दार विदार्थीहरुलाई छात्रवृत्ति र महिलाहरुलाई वाख्रा प्रदान गरिएको छ । किस्पाड. गाउँपालिका ३ स्थित एक विद्यालका विद्यार्थी र एकल महिलाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

स्थानीय पन्चलिङ्गे माविमा अध्ययनरत २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र महिलाहरुलाई आर्यआर्जनका लागि बाख्रा समेत वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई नगद रकम प्रदान गर्नुका साथै सोही वडामा रहेका १२ जना एकल तथा बयोवृद्ध महिलाहरूलाई आर्थिक सहयोग तथा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले उनीहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । उनले ज्येष्ठ नागरिकहरु समाजका पथप्रदर्शक भएका कारण उनीहरुको सदा सम्मान कार्य गरिनुपर्नेमा जोड दिए ।

यसले समाजमा सकारात्मक सन्देश दिने उनको भनाई छ । नेपालका असल मित्रहरू संस्थाको सहयोगमा उक्त कार्यक्रम गरिएको जनाइएको छ ।
संस्थाले १० वर्षदेखि नुवाकोट विदुर नगरपालिका, किस्पाड, म्यागड, दुप्चेश्वर, र तारकेश्वरलाई मु्ख्य कार्यक्षेत्र मानेर काम गर्दै आएको छ । उक्त संस्थाले विगतमा पनि महिलाहरुका लागि आर्यआर्जन मुलुक सिप प्रदान गर्नुका साथै बाख्रा समेत वितरण गरेको थियो ।

हाल विभिन्न विद्यालयमा अध्ययनरत पाँच हजार भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति स्वरुप आर्थिक सहयोग समेत गरिसकेको संस्थाका निर्देशक डा. भीमलाल तामाडको भनाई छ । उक्त संस्थाले पिछडिएको समुदाय तथा विपन्न वर्गलाई शिक्ष्ाँ, स्वास्थ्य तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।











































