पर्यटकिय घ्याङस्वारामा चिया विरुवा रोपण
विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको पर्यटकिय घ्याङस्वारामा चिया बिरुवा रोपण कार्यक्रम गरिएको छ । पञ्चकन्या गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा नुवाकोटकै पर्यटकीय गन्तव्य घ्याङस्वारा पर्यटकीय पार्कमा शनिवार चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी, रोजगार संयोजक सरोज केसी, वडाध्यक्ष सञ्चवहादुर तामाङ तथा प्राविधिक सहायक कपिल शाह, सर्वसाधारणलगायतले चियाको विरुवा रोपण गरेका हुन् । अध्यक्ष तामाङ र उपाध्यक्ष पाठकेसीले चियाको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा गापा अध्यक्ष तामाङले पन्चकन्यालाई नुवाकोटकै विशेष पर्यटकिय केन्द्र वनाउने योजना रहेको वताए । उनले हावापनी सुहाउंदो भएका कारण चियाको विरुवा रोपिएको वताए ।
उक्त कार्यक्रममा पन्चकन्यामा सूचीकृत बेरोजगार युवाहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले स्थानीय रोजगारीको अवसर सिर्जना गर्नुका साथै पन्चकन्या गापाको पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।












































