किसानहरुलाई कृषि सामग्री प्रदान

–लागत साझेदारीमा आधुनिक सामग्री हस्तान्तरण
देवचन्द्र भट्ट
२०८२ असार १२, बिहीबार २२:२४

विदुर–खेतिपातीको समयमा नुवाकोटको विदुरका किसानहरुलाई आधुनिक कृषि सामग्रीहरु प्रदान गरिएको छ । किसानहरुको माग र आवस्यकता अनुसार ति सामग्रीहरु हस्तान्तरण गरिएका हुन् ।

विदुर नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार फलफूल खेती प्रवद्र्धन कार्यक्रम अन्र्तगत किसानहरुलाई आधुनिक उपकरण तथा कृषि सामग्री प्रदान गरिएको हो । यसवाट किसानहरु आधुनिक खेतिप्रणालीतर्फ उत्साहित भएका छन् ।

किसानहरुलाई आयोजित कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललगायतले ति सामग्रीहरु हस्तान्तरण गरे । कार्यक्रममा विषयगत शाखा प्रमुखसहित लाभग्राही योग्य किसान तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

स्थलगत अवलोकनको क्रममा योग्य भएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजारहरुमा विषादी छर्किने स्प्रेयर, कटिङ्गको लागि सिकेचर (कैची), हाते करौती र सिचाईको लागि सिचाई पोखरी र सिंचाई पाईप र फलफूलको विरुवा वितरण गरिएको हो । मेयर श्रेष्ठले कृषिमा आधुनिक तरिकावाट अर्गानिक उत्पादनको लक्ष्य रहेकोमा विदखुर नपा र किसानहरुवीच लागत साझेदारी गरिएको वताए ।

किसानहरुलाई ५० प्रतिशत नगरपालिकाको लागत साझेदारीमा फलफूलको विरुवाका साथै कृषि औजार र अन्य कृषि सामग्री हस्तान्तरण गरिएको हो । किसानहरुलाई अन्य कार्यक्रममासमेत सहभागिता वढाउंदै लगिने उपमेयर प्रभा वोगटीले वताइन् ।


सर्वाधिक रुचाइएको