दुई सातादेखि न्यौपाने वेपत्ता

–खोजीमा परिवारजनको आग्रह
लोकखबर
२०८२ असार १३, शुक्रबार २०:३५

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको कुमरीका एक वृद्ध दुई सातादेखि वेपत्ता रहेका छन् । खोजीमा परिवारजन तथा जनप्रतिनिधिले सक्रियता वढाएका छन् ।
बेलकोटगढी नगरपालिका २ कुमरी फेदीकोचौर घर भएका ५६ वर्षीय ज्ञानुप्रसाद न्यौपाने यहि असार ४ गते वुधवारदेखि हराइरहेको प्रहरीले जनाएको छ । उनको खोजीमा परिवार, आफन्त, जनप्रतिनिधि तथा प्रहरीसमेत जुटिरहेको छ ।

“रक्त परीक्षण गर्न अस्पताल जान्छु” भनेर असार ४ गते वुधवार बिहान, ज्ञानुप्रसाद एक्लै कुमारीचौकीबाट काठमाडौँ जाने बस चढेर निस्किएकोमा हालसम्म वास्तविक अवस्था जानकारी हुन नसेको वडाध्यक्ष रामचन्द्र तिम्सिनाको भनाई छ । उनको खोजीमा सवै जना लागिरहेको तिम्सिनाको भनाई छ ।
ज्ञानुप्रसादले आफ्नो मोबाइल फोन उनी सुत्ने बिछ्यौनामै छोडेको पाइएको छ । उनी गएको बसका चालकसँग जानकारी लिदा धादिङको ठूलोखोला नजिकै बसबाट उत्रिएको जानकारी दिएका छन् ।
प्राप्त सिसिटिभी फुटेज अनुसार न्यौपाने ब्रोइलर कुखुरा बोक्ने गाडीमा चढेर धार्के हुदै चरौंदीतर्फ लागेको देखिने आफन्तजनको भनाई छ । त्यसयता अहिलेसम्म न्यौपाने सम्पर्कविहीन रहेका छन् ।
हराइरहेका न्यौपानेलाई कसैले देखेमा घर परिवार, प्रहरी, जनप्रतिनिधि वा सन्चारमाध्यममान खवर गरिदिन वडाध्यक्ष रामचन्द्र तिम्सिनाले आग्रह गरेका छन् । हराइरहेका न्यौपाने विरामीसमेत रहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको