विदुरमा महिला आत्मनिर्भर कार्यक्रम

–सिपमुलक तालिम प्रदान
लोकखबर
२०८२ असार १४, शनिबार १३:४२

विदुर–नुवाकोटको विभिन्न स्थानमा बसोबास गर्दै आएका महिलाहरुलाई आत्मनिर्भर कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत महिलाहरुलाई सिपमुलक अभियानमा सक्रिय गराइएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौंडा, मकवानपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुका लागि सञ्चालित सिलाई कटाई सम्बन्धि निःशुल्क सीप विकास कार्यक्रम सम्पन्न भएको छ । कुल ३ सय ९० घण्टाको उक्त सिपमुलक कार्यक्रममा सहभागीहरुलानई प्रमाण पत्र वितरण गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले समापन गरे ।

मेयर श्रेष्ठले विदुर नपाले महिलाहरुलाई समय र क्षमता अनुसार विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आइरहेकाले यसलाई स्वरोजगारमा केन्द्रीत गर्न आग्रह गरे । उनले महिलाहरुको लागी यसले आयआर्जन र सिप विकासमा मद्धत पुगेकोसमेत वताए ।

विदुर नपाकी उपमेयर प्रभा वोगटीले महिलाहरुको उद्यम तथा सिप प्रवद्र्धनको योजनामा यस सिलाई कटाईले मद्धत गरेको वताइन् । उनले यसलाई व्यवसायिक बनाएमा आयआर्जनमा महिलाहरु वलियो हुने वताइन् ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर नपाको उद्योग शाखाका प्रमुख सुदर्शन सेढाइलगायतले महिलाहरुलाई सिप सदुपयोग र पवद्र्धन गर्न जोड दिए । तालिममा २६ जना महिलाहरुको सहभागीता रहेको थियो ।

विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा प्रशिक्षक सुभद्रा सापकोटाले सहभागीहरूलाई सीप विकास अर्थात सिलाई कटाईको विभिन्न पक्षमा व्यावहारिक तालिम दिएकी हुन् । तालिम लिएका महिलाहरूलाई स्वरोजगारमा जोड्न र आत्मनिर्भर बनाउन सिलाई कटाईको सिपले सहयोग पुग्ने विस्वास लिइएको छ ।
तालिममा सहभागी महिलाहरूले सिप प्राप्त भएकाले अब आफैले व्यवसाय थाल्ने योजना बनाएको प्रतिवता सुनाए ।

 

 

 


सर्वाधिक रुचाइएको