संस्थागत विद्यालयमा शैक्षिक विस्तार

–अर्किडले सन्चालन ग¥यो कक्षा ११
लोकखबर
२०८२ असार १७, मंगलवार २३:११

विदुर–नुवाकोटको व्यस्त वट्टारवजारमा रहेको एक संस्थागत विद्यालयले आफ्नो शैक्षिक सेवा विस्तार गरेको छ । यसवाट विद्यार्थीहरुलाई सुविधा पुगेको छ ।
२२ बर्ष अघिदेखि नुवाकोटको शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदै आएको बिदुर नगरपालिका ४ बट्टारवजारमा रहेको अर्किड एकेडेमीले आफ्नो शैक्षिक क्रियाकलापलाई बिस्तार गरेको छ । अर्किडले यसै शैक्षिक सत्रबाट ब्यवस्थापन संकायमा होटेल ब्यवस्थापन र कम्प्युटर बिज्ञानका कक्षाहरु संचालन गरेको छ ।

बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा यससंगै नुवाकोटका संस्थागत बिद्यालयहरुमा कक्षा ११ संचालन गर्ने अर्किड एकेडेमी पहिलो बिद्यालय समेत भएको छ ।
उपयुक्त शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाको अभावमा एसईई पछिको शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि संचालन गरिने थप शैक्षिक कार्यक्रमले जिल्लाका धेरै अभिभावक र बिद्यार्थीहरु लाभान्वित हुने बिद्यालयका प्रिन्सिपल रामहरी रिमालले जानकारी दिए ।
उनका अनुसार शिक्षामा आफ्नो छुट्टै पहिचान वनाउन सफल सो विद्यालयले राजधानीबाट प्राप्त गर्ने शैक्षिक गुणस्तर र सोही प्रकारको अन्य शैक्षिक वातावरण र पूर्बाधार प्रदान गर्न बिद्यालय सक्षम रहेको छ । बिद्यालयले ब्यवस्थापन बिषयमा कक्षा ११ संचालन गर्न बिदुर नगरपालिकाबाट अनुमति लिई आगामी साउन महिनादेखि कक्षा संचालन गर्ने तयारी पुरा भइसकेको जनाएको छ ।

कम्प्युटर कक्षाका लागि बिद्यालयमा ईन्टरनेट सुबिधासहितको ‘आईसिटी ल्याव’को व्यवस्था गरिएको छ । होटेल ब्यवस्थापनतर्फ तत्कालका लागि नुवाकोटका स्तरिय होटेलहरुसंग सहकार्य गरी प्रयोगात्मक कक्षाहरु संचालन गरिने प्रिन्सिपल रिमालले बताए ।
बिहानी सत्रमा संचालन हुने कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीहरुको सुबिधाका लागि देबीघाट र त्रिशूली कोलोनीबाट यातायातको व्यवस्था रहेको छ । एसईईमा ३ दशमलव ८ र सो भन्दा माथिल्लो जिपिए प्राप्त गर्ने बिद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति उपलब्ध गराईनेसमेत प्रिन्सिपल रिमालले जानकारी दिए ।
अर्किड एकेडेमी नुवाकोटमा नतिजा र ब्यवस्थापनका रुपमा क्षमतावान संस्थागत बिद्यालय मानिदै आएको छ । भौतिक पूर्बाधार, बिद्यालय बसहरुको पर्याप्तता, पर्याप्त खेल स्थल र व्यवहारिक र नतिजा केन्द्रीत सिकाईले अर्किडले नुवाकोटको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो ।
स्मरणीय छ, २०८१ सालको एसईई परीक्षामा ४ जिपिए ल्याउन सफल नुवाकोटका ४ जना बिद्यार्थीहरु मध्ये सो विद्यालयवाट विदुर ५ घर भएका रोहित श्रेष्ठ अर्किडकै बिद्यार्थी हुन् ।


सर्वाधिक रुचाइएको