महिला सिपमुलक कार्यक्रम
–स्वरोजगारमा लाग्न जोड
विदुर–स्वरोजगारमा लागेर आयआर्जनमा लाग्न जोड दिदै नुवाकोटको बेलकोटगढी नगरपालिकाको महादेवफांटमा महिला सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । महिलाहरुलाई आयआर्जनमा लागेर आत्मनिर्भर हुनका लागि वेलकोटगढी नपाले सो कार्यक्रम प्रदान गरिएको हो ।

सो नपाको आर्थिक सहयोगमा बेलकोटगढी ७ मा महिलाहरुको लागि सन्चालन गरेको व्यावसायिक सिलाईकटाई तालिम समापन भएको छ । कार्यक्रमको समापन गर्दै प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले महिलाहरुले अव व्यवसायिक सिप सिकेर आत्मनिर्भर हुनु पर्ने वताइन् ।

सहभागीहरुलाई प्रमुख अतिथी सुवेदीका साथै वेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङलगायतले प्रमाण पत्र वितरण गरे ।











































