अपांगता भएकालाई पुर्नस्थापना कार्यक्रम
विदुर–नुवाकोटको विदुरमा अपांगता जिविकोपार्जन कार्यक्रम सन्चालन गरिएको छ । अपांगता भएकाहरुलाई वाख्रा तथा उपचार खर्च प्रदान गरिएको छ ।

बागमती प्रदेस सरकारसंगको सहकार्यमा विदुर नगरपालिकामार्फत समुदायमा आधारित ‘अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका लागि सन्चालित कार्यक्रम” अन्र्तगत वाख्रा वितरण र औषधि उपचार खर्च प्रदान गरिएको हो । विदुर नपा ४ र ५ मा वाख्रा वितरण गरिएको हो ।

१३ जना (अपाङ्गता भएका व्यक्तिहरु)लाई मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटीले विदुर ४ मा शतप्रतिशत अनुदानमा बाख्रा हस्तान्तरण गरे । उक्त कार्यक्रम विदुर नपाले अपाङ्ग मानव अधिकार मञ्च, नुवाकोटसंग साझेदार गरेर वाख्रा हस्तान्तरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रापालनको माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भरता र आत्मसम्मानसहितको जीवनयापन गर्न सहयोग पु¥याउने यस कार्यक्रमको उद्देश्य रहेको मेयर राजन श्रेष्ठको भनाई छ । वाख्रा पाएसंगै यसको स्याहार सुसार र उचित रुपमा पालन गरेर स्वरोजगार हुन उपमेयर प्रभा वोगटीले वताइन् ।

यसका साथै अपाङ्गता सशक्तिकरण कार्यक्रम अन्तर्गत विदुर ५ मा अपाङ्गता भएका व्यक्ति तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई स्वास्थ्य उपचार खर्च र बाख्रा वितरण गरिएको छ । अपाङ्ग मानव अधिकार मञ्च, नुवाकोटको सहजिकरणमा उक्त वडामा रहेका मध्ये चार जनालाई उन्नत जातको बाख्रा शतप्रतिशत अनुदानमा र १२ जनालाई स्वास्थ्य उपचारको लागी नगद जनही तीन हजार रपैयाको दरले हस्तान्तरण गरिएको हो ।

सो वडामा विदुर नपाका मेयर राजन श्रेष्ठ, विदुरं ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, जिल्ला समन्वय समितिकी सदस्य सन्तोषी देवकोटालगायत वाख्रा तथा औषधि उपचारको रकम हस्तान्तरण गरेका हुन् । सो वडामा अधिकांश कुमाल समुदायको वसोवास रहेको छ ।












































