गाउंवासीको सुविधाका लागि आंखा उपचार

–मोतियाविन्दुको पहिचान
लोकखबर
२०८२ असार २२, आईतवार २१:०९

विदुर–गाउमा वसोवास गरिरहेका सर्वसाधारणको सुविधाका लागि नुवाकोटको विभिन्न स्थानमा आंखा परिक्षण शिविर गरिएको छ । यसवाट गाउंवासीको मोतियाविन्दुको पहिचान गर्न मद्धत पुगेको छ ।

त्रिशूली अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आंखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा विदुर नपा र किस्पाङ गापामा आंखा परिक्षण शिविर सम्पन्न गरिएको हो । विदुर नपा ७ तुप्चे र किस्पाङ गापा ं २ मा मोतियाबिन्दु छनौट शिविर सम्पन्न भएको हो ।

दुवै स्थानमा गरेर दुई सय जनाको आंखाको परिक्षण गरिएको छ । तुप्चेमा सात र किस्पाङ ६ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान गरिएको छ ।

शिविरमा आंखा परिक्षण गराउन आएका मध्ये १३ जनालाई मोतियाबिन्दु भएको पाइएसगैँ उनीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिएको त्रिशूली अस्पताल नुवाकोटका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिए । आंखाको नियमित स्याहार र संरक्षणको आवस्यकता देखिएको डा. लामाले वताए ।

यससंगै विदुरमा मोतियाविन्दुको शल्यक्रिया गरिने भएको छ । विदुरस्थित नुवाकोट सामुदायिक आंखा केन्द्रको भवनमा उक्त दुई स्थानकासमेत गरि कुल ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने रेडक्रस नुवाकोटका मन्त्रि (सचिव) उद्धव शर्मारिजालले जानकारी दिए ।

शिविरमा आँखा स्वास्थ्य तथा दृष्टि सुरक्षाको सम्बन्धमा समेत जानकारी गराइएको थियो । शिविरमा मोतियाबिन्दुको पहिचान भएका बिरामीलाई सोमवारदेखि तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सकहरुमार्फत विदुरमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको आयोजक नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठको भनाई छ ।

 

 

 

 

 

 

 


सर्वाधिक रुचाइएको