पुर्व निर्वाचन आयुक्त शर्माको निधन
बिदुर–पुर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हृदयाघातका कारण उपचारका क्रममा शनिवार वेलुकी शर्माको नर्भिक अस्पतालमा निधन भएको हो ।
शर्माको दाहसंस्कारे आइतवार गरिनेछ । शर्माको कार्डियाक एरेस्टबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

शर्माको छाती दुखेर शनिबार वेलुकी ७ बजेतिर अस्पताल ल्याइएको र उनको त्यहाँ निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । शर्मा ५८ वर्षकी थिइन् ।
उनका श्रीमान् प्रहरी निरीक्षक नवराज पौडेलको माओवादी द्वन्दका क्रममा हत्या भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको निर्देशक रहेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् ।
शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन् । उनले व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा समेत एक दशकभन्दा बढी योगदान दिएकी थिइन् ।

उनका दुई छोरी छन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माले लामो समय दि राइजिङ नेपालमा काम गरेकी थिइन् ।











































