युवकको शव तादी खोलामा भेटियो
बिदुर–नुवाकोटको तादी खोलामा एक युवको शव फेला परेको छ । शवको वास्तविक पहिचान हुन सकेको छैन् ।
तादी गाउँपालिका ३ तादी खोलास्थित बांगेटारमा शनिवार एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गरेका थिए ।

मृतकको शव संकलन गर्दा उनको नाकमा रगत वगेको पाइएको र शरीरमा सामान्य चोटपटक देखिएको इलाका प्रहरी कार्यालय खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापाले जानकारी दिइन् । उनका अनुसार युवक केहि महिना अगाडि सडक वनाउने कामका लागि पन्चकन्यामा आएकोे र सगै काम गर्नेहरुका अनुसार उनको नाम सुदीप र घर सोलुखुमवु वताउने गरेको मात्रै जानकारी आएको वताइन् ।
शव पोष्टमार्टमकान लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । “तादी दोलामा युवकको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो, शरीरमा बाह्य चोटका केही संकेतहरू छन्, तर विस्तृत अनुसन्धानपछि मात्र कारण पुष्टि हुन्छ,” थापाले भनिन्।











































