गोसाइकुण्डमा दुई युवा डुवे

– खोजी कार्य जारी
लोकखबर
२०८२ श्रावण ११, आईतवार २०:५५

बिदुर–प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुईजना युवक बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

गोसाइकुण्डमा स्नान गर्ने क्रममा डुवेर बेपत्ता हुनेहरुमा दुई जना युवक मोरङका रहेका छन् । मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकाल गोसाइकुण्डमा डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गोसाइकुण्डमा पुजासहित स्नान गर्ने क्रमामा आइतवार दिउंसो डुबेर उनीहरु बेपत्ता भएको रसुवा  प्रहरीले जनाएको छ । उनीहरुको खोजीमा सुरक्षाकर्मी, सर्वसाधारण, परिवार तथा आफन्तजन खटिएका छन् ।
गोसाईगुण्डमा वेपत्ताको खोजिकार्यको लागि सुरक्षाकर्मी  परिचालन गरिएको छ ।
 गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्डमा  डुवेर वेपत्ता भएका व्यक्तिहको खोजिकार्यको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको  छ ।
मोरङ जिल्ला घर भएका मनोज न्यौपाने र सुजन ढकाल आइतवार दिउँसो गोसाईकुण्डमा डुवेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकाय समेत संयुक्त रुपमा  वेपत्ताहरुको खोजि कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरी वलका सह प्रबक्ता डिएसपि शैलेन्द्र थापाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको