डिएनए संकलन गरेर ६५ शव गाडिए

– चण्डीपोखरीमा गाडिए बाढीमा भेटिएका शवहरु
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २८, आईतवार २२:४८

बिदुर – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले वगाएर मृत्यु भएकाहरुको नुवाकोटमा गाडिएको छ । डिएनए संकलन गरेर बाढीमा फेला परेका शवहरु चण्डीपोखरीमा खाल्डो खनेर गाडिएका हुन् ।  यहि भदौ १० गते वुधवारको प्रलयकारी बाढीमा परेर नुवाकोट र रसुवामा भेटिएका ६५ वटा शव बिदुर नगरपालिका ६  चण्डीपोखरीमा खाल्डो खनेर गाडिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गाडिएका शवमध्ये ६३ वटा रसुवामा संकलन गरिएको र दुई वटा नुवाकोटमा संकलन गरिएका शव रहेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।  उनका अनुसार नुवाकोटको सरकारी निणृयअनुसार चण्डीपोखरीमा नुवाकोट र रसुवामा भेटिएका ६५ वटा शव सुरक्षित रूपमा गाडिएको हो । शवको डिएनए नमूना संकलन गरी परिवारसँग मेल खाएमा पहिचान गरेर आफन्तलाई जिम्मा लगाउने गरी सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको