शिक्षा ऐनमा समावेश वुंदा हटाउन माग
बिदुर–शिक्षा ऐनमा समावेश वुंदा हटाउन माग गर्दै नुवाकोटका विभिनन कार्यालयमा ध्यानाकर्षण गराइएको छ । एकै पटक तीन वटा सरोकारवाला कार्यालयमा पुगेर विभिन्न वुंदा हटाउन माग गरिएको छ ।

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोटले शुक्रवार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र वुझाएका हुन् । प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको नेृतृत्वमा गएको टोललिे प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी र शिक्षा विकास तथा सम्नवय इकाई प्रमुख रामचन्द्र ईटनीलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको हो ।

प्याव्सनले शिक्षा ऐनमा समावेश हुने बिभिन्न बुदाँहरु प्रति बिरोध जनाएको छ । शिक्षा ऐन २०२८ लाई संसोधन गरेर बन्न लागेको शिक्षा विधेयकमा समेटिएका केहि बुँदाहरुमा आपत्ति जनाउँदै प्याब्सनले ध्यानाकर्षणसहित ज्ञापन पत्र वुझाएको हो ।

शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने ‘विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक २०८०’ मा राखिएका केही बुँदाहरुमा आपत्ति जनाउँदै प्याब्सनले ज्ञापन पत्र बुझाएको अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । ज्ञापन पत्रमा निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामुलक बनाईनेछ भन्ने वाक्याशं हटाईनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाईनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिईनुपर्ने र छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क मात्रै कायम हुनुपर्ने उल्लेख गरिएको छ ।

यसअघि प्याव्सनको १२ वटै पालिकाले नुवाकोटका स्थानीय तहहरुमासमेत उक्त विषयमा ध्यानाकर्षण गराउंदै ज्ञापन पत्र वुझाएको थियो । प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले विदुर नपामा ज्ञापन पत्र बुझाइएको वताए ।












































