शिक्षकहरुलाई लैंगिक समानता कार्यक्रम
– जीवनोपयोगी सीप प्रवद्र्धन
बिदुर–नुवाकोटका शिक्षकहरुलाई लैंगिक समानता कार्यक्रम सन्चालन गरिएको छ । जसअनर्तगत उनीहरुलाई जीवन उपयोगी सीप शिक्षा प्रदान गरिएको छ ।
विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयवाट उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । पन्चकन्या गापाको नौवटा विद्यालयबाट १८ जना र विदुर नपाबाट ६ जना शिक्षकहरूलाई चार दिनसम्म परिवर्तनमा लंैगिक समानता शिक्षाको महत्वपूर्ण भूमिकाको वारेमा जानकारी गराइएको थियो ।

दोश्रो चरण अन्र्तगतको उक्त कार्यक्रम सहभागी शिक्षकहरुलाई जीवन उपयोगी शिक्षा, यसको महत्व र प्रभावकारिता, यसले बालबालिकाहरूमा दैनिक व्यवहार परिवर्तन, विद्यालयमा शिक्षकहरूबाट जीवन उपयोगी सीप शिक्षा प्रभावकारी रूपमा सञ्चालन प्रक्रिया र विद्यिका सम्वन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा कार्यक्रम सम्पन्न भएको आयोजक रुडेक नेपालले जनाएको छ । उक्त कार्यक्रममा समाज परिवर्तनमा लैंगिक समानता शिक्षाको महत्तत्वपूर्ण भूमिका भएको कारण जीवन उपयोगी सीप शिक्षा अति नै प्रभावकारी भएकोले सहभागी शिक्षकहरू उक्त तालिमबाट सकारात्मक भएका थिए ।

यसअघि, पहिलो चरण अनर्तगत बालिका शिक्षा कार्यक्रमबारे स्थानीय नेतृत्व र सरोकारवालासँग छलफल गरिएको थियो । रुडेक नेपालद्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रममा नुवाकोटका ५ बिद्यालयमा कार्यरत शिक्षकहरुसंग छलफल गरिएको थियो ।

नवसञ्जिवनी मावि, क्षेत्रपाल मावि, च्वाडी पब्लिक मावि, त्रिभुवन त्रिशूली मावि र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सरोकारवालासँग बालिका शिक्षा कार्यक्रमको समिक्षा र लैङ्गिक समानताका सम्वन्धमा स्थानीय नेतृत्व तथा सरोकारवालासँग अन्र्तक्रिया र वहस गरिएको हो । रुम टु रिडको सहयोगमा सन्चालित कार्यक्रममा बालिकाहरुका विभिन्न जीवन उपयोगी सीप, मेन्टोरिङ सत्र मार्फत बालिकाहरुमा नेतृत्व सिप विकास, शैक्षिक नतिजामा सुधारलगायतका विषयमा छलफल गरिएको थियो ।

यसका साथै वालवालिकाहरुले विभिन्न शैक्षिक कार्यमा सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रम मार्फत बालिकाहरुमा बोल्ने कला, आत्मविश्वासको भावनामा बृद्धि, प्रभावकारी सञ्चार तथा दैनिक आइपर्ने चुनौतीको सामना गर्ने सिप हासिल गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमा विदुर नपा १ का वडाध्यक्ष लेनिन रनिजत, ४ का वडाध्यक्ष नीलमवावु ढुंगेललगायतले बालिका शिक्षा तथा साक्षरता कार्यक्रमको प्रभावले बालबालिकाको शैक्षिक सुधारमा महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउदै यस्ता कार्यक्रमको दिगोपनाका लागि स्थानीय तहले साझेदारी गर्दै अपनत्व लिने बताएका छन् ।

सरोकारवालाहरुसँग कार्यक्रमको समिक्षा तथा बालकसहितको लैङ्गिक समानता बारेको छलफल तथा आवश्यक पृष्ठपोषण लिनेकार्यहरु निरन्तर हुने रुडेक नेपालकी कार्यक्रम अधिकृत कविता थापाको भनाई छ । कार्यक्रममा राधाकृष्ण हुमागाई, विनिता बराल, कविता थापा, सन्तोष खनाल, शर्मिला पण्डित, शर्मिला थापा, सन्तोषी ढुङ्गानालगायतले लैगिक समानतालगायतका समसामयिक विषयमा सहजीकरण गरेका थिए ।














































