नुवाकोट दरवार क्षेत्रमा पिउनेपानी

–पिउने पानी प्रभावकारी वनाउन जोड
लोकखबर
२०८२ भाद्र २, सोमबार २२:२९

बिदुर–प्रसिद्ध नुवाकोटको साततले दरवार क्षेत्रमा पिउने पानी सेवा सन्चालन गरिएको छ । यसवाट स्थानीयवासी र दरवार पुर्ननिर्माणमा जुटेकाहरुलाई सुविधा पुगेको छ ।

विदुर नगरपालिका २ नुवाकोट दरबार क्षेत्रमा वितरण भइरहेको खानेपानी योजना विस्तार गरिएको हो । ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत नुवाकोटको योजना (सेवा)लाई थप सहज र प्रभावकारी बनाउन अति आवश्यक सामग्रीहरुसमेत हस्तान्तरण गरिएको थियो ।
योजनाका लागि विदुर नपाले आवस्यक पाइपसहितका विभिन्न सामग्रीहरु उपलब्ध गराई विदुर नपा ११ स्थित सिप्लिघान मुहानबाट ल्याइएको थप पानी नुवाकोट दरबार क्षेत्रमा ल्याइएको हो । यसवाट नुवाकोट दरवार क्षेत्र आसपासका सर्वसाधारण र दरवार पुर्ननिर्माणमा क्रियाशील पक्षलाई पिउनेपानीको सुविधा पुगेका विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।
उनले सोमवार उक्त योजनाको प्रभावकारिता, गुणस्तरियताका सम्वन्धमा अनुगमन तथा निरीक्षण गरेका छन् । खानेपानी वितरण कार्य प्रभावकारी बनाई माग अनुसार उपलब्ध गराउन मेयर श्रेष्ठले निर्देशन दिए ।
उपभोक्तालाई वितरण भइरहेको खानेपानीलाई थप सुविधाजनक बनाउन उपभोक्ता समितिलाई आवश्यक निर्देशन समेत दिइएको छ । प्रसिद्ध नुवाकोट दरवार क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरु आइरहेका छन् ।


सर्वाधिक रुचाइएको