बिदुरमा बजार अनुगमन

– अखाद्य वस्तु जफत गरि नष्ट
लोकखबर
२०८२ भाद्र ३, मंगलवार १७:१२

बिदुर–चाडपर्व नजिकिएसगै नुवाकोटकको विदुरमा वजार अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु जफत गरि नष्ट गरिएको छ ।

विदुर नगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीतामा गुनासो आएपछि वजार अनुगमन गरेको हो । चालु आर्थिक वर्षको सुरुवाती चरणमा विदुर नपामा रहेका विभिन्न वजारहरुमा पुगेर छड्के अनजुगमन गरिएको विदुर नपाले जनाएको छ ।
वजार अनुगमन समितिले विदुर १, २, ४ र ९ मा रहेका ११ वटा विभिन्न होटेल तथा रेस्टुरेन्टहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । होटेलहरुवाट अखाद्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको विदुर नपा उद्योग शाखाका अधिकृत सुदर्शन सेढाइले जानकारी दिए ।
उनका अनुसार खाद्य गुणस्तरिय, स्वच्छता तथा म्यादभित्र मात्र सामान विक्रि वितरण गर्न सचेतसमेत गराइएको छ । उपभोक्रा संरक्षण, अधिकार तथा स्वास्थय सुरक्षामा जोड दिदै वजार अनुगमन गरिएको समितिका संयोजक तथा विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वताए ।
उनका अनुसार खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरिय परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री वन्द गर्ने, मूल्यसूची सर्वसाधारणले देख्ने स्थानमा राख्नु पर्ने, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने साथै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन गरिएको हो । वजार अनुगमन कार्यलाई निरन्तरता दिइने विदुर नपाले जनाएको छ ।


सर्वाधिक रुचाइएको