आगजनी पीडितलाई आर्थिक सहयोग

– किसानलाई उपकरण हस्तान्तरण
लोकखबर
२०८२ भाद्र १३, शुक्रबार २०:१०

बिदुर–आगजनी पीडित होटेल व्यवसायीलाई नुवाकोट उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । यसका साथै किसानहरुलाई कृषि उपकरणसमेत हस्तान्तरण गरेको छ ।

संघले विदुर नगरपालिका–१ ढुंगेवजारमा आगलागीबाट क्षतिग्रस्त भएको न्यू श्रेष्ठ होटेललाई सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको हो । संघको कार्यालय विदुरमा आयोजित कार्यक्रममा होटेल सन्चालक नवराज श्रेष्ठलाई संघका पदाधिकारीहरुले शुक्रवार २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठ होटेलमा गत साउन ७ गते आगजनी भई सामग्रीहरुका साथै धनमाल जलेर नष्ट भएको थियो । यसका साथै, संघले बेलकोटगढी नगरपालिकाका ४ जना अलैंची किसानहरुलाई अलैँची सुकाउने उपकरण (ड्रायर) प्रदान गरेको छ ।

सङ्घले शुक्रबार चार जना अलैँची किसान व्यवसायीलाई अलैँची सुकाउने उपकरण हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका संघका पदाधिकारीले संस्थामा आबद्ध चार अलैँची व्यवसायीको माग अनुसार सहजताको लागि अलैँची सुकाउने उपकरण (भट्टि सेट) हस्तान्तरण गरेका हुन् ।
प्रति थान कुल ६० हजार पर्ने उक्त उपकरणले अलैँची प्रशोधनमा सहज हुनुुको साथै उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई छ । किसानहरुले उक्त उन्नत प्रविधि अपनाउँदा अलैंचीको उत्पादन बढाउन सकिने र अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित भएको संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले वताए ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका–११ का चिनीमाया तामाङ (केएस अलैची तथा फलफुल फर्म), गुणबहादुर तामाङ (बिन कृषि तथा पशुपंक्षी फर्म), सुरेश तामाङ (डेरी टोल कृषि फर्म) र सुकबहादुर तामाङ (अलैची कृषि तथा पशुपंक्षी फर्म) लाई एक÷एक थान अलैँची सुकाउने सेट (भट्टि) हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोस उप्रेती, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष सबिनराज राजभण्डारी, कोषाध्यक्ष मेघनाथ घिमिरेलगायतले किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


सर्वाधिक रुचाइएको