बाढीले पहाड नै फोरेर क्षति
– धेरै स्थानमा नदीको धार परिवर्तन
बिदुर – लेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा वहने त्रिशूली नदीले धार परिवर्तन गरेको छ । बाढीले पहाड नै फोरेर विपरिततर्फ पुगेर क्षति गरेको छ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रहारबाट त्रिदेशिय मार्ग अन्र्तगत नुवाकोटको देवीघाट–बिदुर–रसुवागढी सडकखण्डको बीचमा रहेको विदुर नगरपालिका–१०, गेर्खुखोला दोभानस्थित मझुवामा पहाड नै फोरेर ठूलो क्षति गर्न पुगेको छ ।

बाढीले पहाड नै फोडेर अर्कातर्फ रहेको व्यापार, व्यवसाय तथा घरमा क्षति गरेको हो । बाढीको बहावको दबाबले पहाड फोरेर पसेको बाढीले आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पु¥याउँदै बगरमा परिणत गरेको हो । बाढीका कारण यस क्षेत्रसहित त्रिशूली नदीले नुवाकोटका अधिकांश स्थानमा आफ्नो धारसमेत परिवर्तन गरेको छ ।














































