बाढीले ध्वस्त त्रिदेशीय मार्ग एकतर्फी सन्चालन

– वडादशैंसम्म दुईतर्फि नै सन्चालन गरिने
लोकखवर विशेष संवाददाता
२०८२ भाद्र १४, शनिबार २१:०९

बिदुर–चीनतर्फको ल्हेन्दे खोला हुदै रसुवागढीमा आएको अकल्पनीय वाढीले क्षति पु¥याएको त्रिदेशिय मार्ग दुई महिनामासमेत पुर्ण सनचालन हुन सकेको छैन । विविध कारणहरुले गर्दा हाल उक्त सडकमार्गको केहि खण्ड एकतर्फिमात्र सन्चालन हुन सकेको छ ।
गत असार २४ र साउन १४ गते चीनको तिव्वतवाट लेन्देखोलामा हुदै रसुवागढीमा आएको भीषण वाढीले सडक, पुल, स्थायी तथा अस्थायी संरचना, जलविद्युत क्षेत्रमा दशककै ठुलो क्षति पु¥याएको थियो । क्षतिको अन्तिम मुल्यांकन कार्य भइरहेको सम्वन्धित निकायले जनाएको हो ।

त्रिदेशिय मार्ग अर्थात् वीरगन्ज–गल्छी–देवीघाट–विदुर–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड अन्तर्गतको १२ भन्दा धेरै स्थानमा पहिरो जानुका साथै वाढीले सडक नै कटान गरेको थियो । हाल उक्त सडकमार्ग अन्र्तगतको स्याफ्रुवेसी–टिमुरे सडकखण्ड भने आंशिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
दैनिक तीन थान हेभि इक्युपमेण्टसहित प्राविधिकसहितका कामदार खटिइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले वताए । उनका अनुसार मर्मत गरेर स्याफ्रुबेंसी–टिमुरे सडक खण्डमा एकतर्फी रुपमा सन्चालन गरिएको छ ।

उक्त सडक खण्डमा साना चारपाङ्ग्रे गाडी र दुईपाङ्ग्रे मोटरसाइकल एकतर्फी आवागमन गर्न सक्ने व्यवस्था मिलाइएको हो । टिमुरेदेखि नेपाल–चीन सिमामा रसुवागढीसम्म दुई किलोमिटर दुरी रहेको छ ।
प्रजिअ पन्थीले टिमुरे–रसुवागढी सडकखण्ड भने मर्मत र पुर्ननिर्माण गरेर संरचना तयार गरि वडादशैंसम्ममा सुचारु गर्ने लक्ष्य रहेको वताए । भीषण वाढीले १२ वर्ष अगाडि रसुवागढीमा वनाइदिएको पक्कि पुलसमेत ध्वस्त वनाएको थियो ।

वाढीले गएको झण्डै दुई महिनापछि स्याफ्रुबेँसीबाट टिमुरेसम्म १४ किलोमिटर सडकमार्गमा ट्रयाक खोल्ने काम सम्पन्न भई साना तथा हल्का सवारीसाधन एकतर्फि सञ्चालनमा ल्याइएको छ । प्रजिअ पन्थीका अनुसार टिमुरेबाट रसुवागढीसम्मको दुई किलोमिटर सडक मर्मत गरेर खुलाउने कार्य भइरहेको छ ।वर्षा नरोकिनुका साथै दैनिक रूपमा विविध समस्या आइरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा अझै केही समय लाग्ने छ ।

सडक कार्यालयको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको छ । नेपाल–चीन जोड्ने पुल भएको स्थानमा चीनले अस्थायी रुपमा वेलिव्रिज तयार गरिरहेको छ । राखिँदै गरिएको वेलिब्रिजको काम पनि वडादैंसम्मा पुरा हुने जानकारी उनले दिए ।

“आफ्नो पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय सडकमार्ग सुचारु गरेर यातायात सहज बनाउने र चाडपर्वको वेला व्यापार–व्यवसायलाई निरन्तरता दिने हो,” प्रजिअ पन्थीले अगाडि भने । टिमुरे र घट्टेखोला बीचको पार्किङ स्थल नजिक भिरको तल सडकको जग नैकटान भएकाले त्यस स्थानमा माथिबाट ठूला ठूला पहरा काट्नुपरेको वतााउँदै प्रजिअ पन्थीले सो काम सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान गरिएको बताए ।
चीन सरकारले मितेरी पुल तयार गर्नु पूर्व स्याफ्रुबेँसी–रसुवागढीको सडक तयार गर्ने योजनासहित काम गरिरहेको प्राविधिकहरूले बताएका छन् । नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पुनर्निर्माणका लागि चीन पक्षले ल्हेन्देखोलामा द्रुतगतिमा पूर्वाधार निर्माण गरिरहेको छ ।

चीनले आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरिसकेको छ । नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलामा राखिएको ह्युमपाइप वर्षाले बगाएको छ ।
खोलाको पानीलाई ह्युमपाइपबाट एकत्रित गरी निर्माण अगाडि बढिरहेको सीमा सुरक्षा निकायले जानकारी पठाएकाले वडादसैँ अगाडि रसुवा–केरुङ सिधा यातायात सम्पर्क हुने विश्वास रहेको प्रजिअ पन्थीको भनाई छ । प्रजिअ पन्थीले सडकको स्थलगत निरीक्षण गरी नेपालतर्फको सडक सिघ्र मर्मत तथां पुनर्निर्माण गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएका छन् ।

पुनर्निर्माणका क्रममा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिरहेको छ । लगातारको मर्मत र पुर्ननिर्माणपछि रोङ्गा खोला र मेदाङपुदुङको बीच भागमा सडक मर्मत तथा निमार्ण गरेसंगै स्याफ्रुबेसीदेखि टिमुरेसम्मको १४ किलोमिटर सडक संन्चालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना विदुरका प्रमुख खड्गलाल श्रेष्ठको भनाई छ ।

झण्डै डेढ महिनाको निरन्तर प्रयासपछि बाढीले कटान गरेको सडक सन्चालनमा आएको हो । टिमुरेदेखि चीन र नेपालको सिमाना रसुवागढीसम्म तीन किलोमिटर सडकमा भने स्याउपार्किङ र घट्टेखोलाका दुई स्थानमा कटान गरेकाले मर्मत तथा निमार्णको काम भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका इन्जिनियर रुपनारायण पौडेलको भनाई छ ।


उनका अनुसार भौगोलिक बिकटताले दुई स्थानमा सडक पुर्ननिर्माण सम्पन्न गर्न अझै केहि सातासम्म समय लाग्ने भएको छ । हाल स्याफ्रुबेसीदेखि टिमुरेसम्मको सडकको ट्रयाक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने पौडेलको बताए ।
यसैबीच, नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा बेलिब्रिज निमार्णका लागि चिनीयाँ पक्षले आफ्नो भुभागतर्फ फाउन्डेसनको कार्य गरिसकेको र नेपाल तर्फको काम सुरु गर्न लागेको छ । तिब्र गतिमा काम गरि रहेकोले तोकेको समय वडादशैं अगाबै रसुवागढीमा बेलिव्रिज निर्माण हुने तयारीका साथ काम भइरहेको छ ।

 

 

 


सर्वाधिक रुचाइएको