आर्थिक अवस्था कमजोर भएकालाई सहयोग
– प्रतिष्ठानले घरमै पुगेर ग¥यो सहयोग
बिदुर– सामाजिक कार्य गर्दै आइरहेको नुवाकोटको भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई आथिएक सहयोग गरेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।

प्रतिष्ठानले तादी गापा २ रालुका दाहालथोकका छत्रवहादुर गौतम र सोही स्थानका खोपप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । शिक्षा, स्वास्थय, सामाजिक गतिविधिमा क्रियाशील प्रतिष्ठानले आफ्नो १४ औं बार्षिक कार्यक्रममा आर्थिक अबस्था कमजोर भएका बिरामीहरुलाई आर्थिक सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष केपी लामिछानेले जानकारी दिए ।

यसका साथै प्रतिष्ठानले अन्य आर्थिक अबस्था कमजोर भएका र विभिन्न रोगबाट विरामी भएकाहरुलाई पनि आगामी दिनमा सहयोग गर्ने प्रतिष्ठानका उपाध्यक्ष मेघराज लामिछानेले बताए ।















































