बाढीका मृतक परिवारलाई आर्थिक सहयोग

– सात जनाका परिवारलाई नगद राहत हस्तान्तरण
लोकखबर
२०८३ कार्तिक १२, बुधबार २२:१६

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले मृत्यु भएका परिवारलाई नगद प्रदान गरिएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको ककनीका बेपत्ता र मृतकका परिवारलाई नगद सहयोग प्रदान गरिएको हो । गत भदौ १० गते विहान १० वजेको बाढीका कारण मृत्यु भएका र बेपत्ता भएका नुवाकोटको ककनी गाउँपालिका घर भएका सात जनाको परिवारलाई नगद राहत सहयोग हस्तान्तरण गरिएको हो ।

ककनी गापा १ का अर्जुन बलामी, ककनी २ का संयम रुम्बा, आशिक घिमिरे, कुमार तामाङ, ककनी ३ का विकास तामाङ, ककनी ६ का दीपकबहादुर लामा र सुजन तामाङ गरी ७ जनाका पीडित परिवारलाई प्रति ब्यक्ति ४५ हजार रुपैयाँका दरले कुल ३ लाख १५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो । ककनी गापाका अध्यक्ष सुमन तामाङ सज्जन, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल र वडाध्यक्षहरुको रोहबरमा पीडित परिवारलाई उक्त नगद हस्तान्तरण गरिएको हो ।

ककनी गापा २ का स्थानीयवासी देवराज घिमिरेको पहलमा अष्ट्रेलियास्थित उनी कार्यरत ‘अस्ट्रेलियन भेन्यु कम्पनी’ बाट संकलित बाढी पीडितहरुको नाममा पठाइएको नगद रुपैयाँ घिमिरेकी माता चन्द्रावती घिमिरेले पीडित परिवारलाई प्रदान गरिएको हो । कार्यक्रममा ककनी गापा अध्यक्ष सुमन तामाङ सज्जनले बिदेशी भुमिमा कर्ममा रहेर पनि आफ्नो जन्मभूमिमा परेको विपत्तिको समयमा राहत जुटाइदिएकोमा घिमिरे तथा सहयोग गर्ने अस्ट्रेलियन भेन्यु कम्पनीका सम्पूर्ण सहयोगी दाताहरूप्रति विशेष आभार व्यक्त गर्दै मानवीय सहयोगले महाप्रलयबाट प्रभावित परिवारलाई सहज भएको बताए ।


सर्वाधिक रुचाइएको