निर्वाचन आचारसंहिता सम्वन्धि छलफल

– आआफ्नो क्षेत्रवाट पालना गर्ने प्रतिवद्धता
लोकखबर
२०८२ माघ ५, सोमबार २३:११

बिदुर-आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटमा आचारसंहिता सम्वन्धि अन्र्तत्रmिया गरिएको छ । सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाले निर्वाचन आचारसंहिता पुर्ण पालनाको प्रतिवद्धता जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटद्वारा सोमवार विदुरमा आयोजित निर्वाचन आचारसंहिता सम्वन्धि छलफलमा दलहरुको निर्वाचनप्रति आकर्षण रहेको र यसलाई सभ्य, मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहतिाको पालना गरिने प्रतिवद्धता जनाएका हुन् । आचारसंहिता लागू भएकै दिन जिल्ला निर्वाचन कार्यालय नुवाकोटद्वारा निर्वाचन आचारसंहिता–२०८२ सम्बन्धि अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा पुर्व घोषित नवौं नुवाकोट महोत्सव सन्चालन हुने जनाइएको छ । महोत्सव राजनीतिक नभई व्यापारिक, सामाजिक, सांस्कृतिक र मनोरन्जनात्मक हुने भएको जनाइएको छ ।

यहि माघ ७ गतेदेखि विदुरमा आयोजित नुवाकोट महोत्सव राजनीतिरहित हुने जनाइएको छ । आयोजक नुवाकोट उद्योग वाणिज्य संघले निर्वाचन आचारसंहिताको पालना गरेर महोत्सव पुर्वघोषित समयअनुसार सन्चालन गर्ने जनाइएको छ ।

कार्यक्रममा नुवाकोटका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्य, बिदुर नगपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, एमालेकी गीता दाहाल, नेकपामा वद्री प्याकुरेल, राप्रपाका महेश डंगोल, रास्वपाका रामेश्वर गजुरेल, मंगोल नेशनल अर्गनाइजेसनका रेन्जन तामाङ, श्रम संस्कृति पार्टीका इन्द्र दोङतामाङ, परिवार दलका शिवकृष्ण श्रेष्ठलगायतले निर्वाचन आचारसंहिताको पुर्ण पालना गरिने प्रतिवद्धता जनाए । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहि माघ ६ गते मंगलवार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।


सर्वाधिक रुचाइएको